पेनस्टक पाइप फुटेपछि इलामको सोम’bout बजार जोखिममा

इलाम । इलामको सन्दकपुर गाउँपालिका–४, माबुको एउटा बस्ती नै जोखिममा परेको छ । अप्परमाई जलविद्युत् आयोजनाको पेनस्टक पाइप फुटेर पानी बाहिर निस्कँदा बस्ती जोखिममा परेको हो । पानी बाहिर निस्किएसँगै करिब सय मिटर क्षेत्रकोे भू–भाग लच्किएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले बताए ।

उनले भने ‘जमिन धाँजा फाटेर सरेपछि स्थानीय ५ घर परिवार विस्थापित हुने अवस्था रहेको छ ।, ‘तत्काल पाइप मर्मत नभए वडाको करिब आधा संख्याका घरहरू रहेको सोम’bout बजार नै जोखिममा पर्ने छ । ‘अहिले नै जोखिममा परेका ५ घर–परिवारलाई चाहिँ सुरक्षित रहन आग्रह गरेका छौं,’। ‘पाइपबाट चुहिएको पानीका कारण जमिन नै करिब १० फिट तल सरिसकेको राईको भनाई छ ।’

जोखिममा रहेका परिवारलाई कसरी सुरक्षित गर्ने भन्ने’bout जिल्ला विपद् व्यवस्थापन समितिसँग पनि छलफल भएको राईको भनाई छ । उनका अनुसार ‘थप क्षति हुनुअघि नै स्थानीयलाई सुरक्षित गर्न गाउँपालिका लागेको छ,’। साविकको माबु गाउँ विकास समितिको वडा नम्बर ४ र ९ क्षेत्र जोखिममा परेको हो । एक सय ४७ घरपरिवारको दुई सय रोपनी भन्दा बढी जमिन लच्किएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता