हरिवन । सर्लाहीको हरिवन नगरपालिकाका नगरप्रमुख गणश प्रसाईको जन्मदिन हरिवन नगरवासीहरुले धुमधामका साथ मनाएका छन् । हरिवनमा नगरपालिकामा विभिन्न विकास निर्माणका काम देखि कोरोनाकालमा पनि उल्लेखनिय काम गरेको भन्दै नगरवासीहरुले कार्यक्रमै आयोजना गरी नगर प्रमुख प्रसाईको जन्म दिन मनाएका हुन् ।
जय सन्तोषी माँ कृषि महिला समुह वडा नं. ९ र जन चेतना महिला समुह हरिवन ८ लगायत हरिवन भित्र सक्रिय सामाजिक संस्थामा आबद्ध युवाहरू र नगरवासीहरुले उत्साहजनक रुपमा नगर प्रमुख प्रसाईका जन्म दिन मनाएको नगर प्रमुख प्रसाईका स्वाकीय सचिव तथा विद्यार्थी नेता युवराज अचार्यले जानकारी दिए ।
नगर प्रमुख प्रसाईले आफुले नगरवासीको आशा, भरोसा र विश्वास कहिले पनि टुटन नदिने धारणा राखे । उनले आफु निरन्तर जन्ताको सेवा गर्ने, हरिवन नगरलाई समृद्ध बनाउने दिशा तर्फ लाने बताए ।
जन्मदनिको अवसरमा नगर प्रमुख प्रसाईले सर्भिस फर पिसद्धारा संचालित बाल संस्थालाई शैक्षिक सामग्री र खद्यान्न, सुखेपोखरीमा रहेको वृद्ध आश्रमलाई खद्यान्न सहयोग प्रदान गरे । वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरु गरी ३० जनालाई दोसल्ला ओढाएर सम्मान समेत गरेको स्वकीय सचिव अचार्यले जानकारी दिए ।
जन्म उत्सबमा उप–प्रमुख रेणुका पौडेल, विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, युवाहरु लगायत नगरवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।






