७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

सांकेतिक तस्वीर

उदयपुर । सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले एक युवालाई पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका– ७ स्थायी घर भई अहिले उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ बेल्टर बस्दै आएका ३५ वर्षीय किरण राईलाई बालिका बलात्कार गरेको अभियोगमा पक्राउ गरेको हो ।

गत शुक्रवार दिउँसो २ बजेतिर नाबालिकालाई ललाई फकाई आफनो कोठामा लगि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) भिमबहादुर दाहालले बताए । बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो । उनलाई प्रहरी हिरासतमा राखि जबरजस्ती करणी सम्बन्धि कसुरमा कारबाही अघि बढाएको जनाएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित