कमल गाउँपालिकाले बनायो कोभिड अस्पताल

काठमाडौं । स्थानीय सेवामा सक्रिय झापा कमल गाउँपालिकाले कोभिड अस्पताल निर्माण गरेको छ । अस्पातल उद्घाटन गर्दै प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जनस्वास्थ्य सबैभन्दा महŒवपूर्ण बताउदै ‘जनतालाई कसरी स्वस्थ्य राख्ने ?’ भन्नेतिर सरकार लागिपरेको बताए । ‘हामी नागरिक जीवन रक्षाका लागि सक्रिय छौं,’ उनले भने, ‘त्यसैले संवेदनशील भएर लागि परिरहेका हौं ।’

सरकारबाट अस्पताल नभएका स्थानीय तहमा न्यूनतम ५ वेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्देशन भएअनुसार कमल गाउँँपालिकाले प्रदेश १ मा सबैभन्दा पहिले अस्पताल सञ्चालनमा ल्याएको हो । हाल, अस्थायी रूपमा सञ्चालनमा ल्याइएको अस्पताल छिट्टै स्थायी बनाउन प्रदेश सरकारले थप आर्थिक सहयोग गर्ने मन्त्री कार्कीले प्रतिबद्धता जनाए ।

अस्पताल निर्माणका लागि २१ लाख खर्च भएको कमल गाउँँपालिकाले जनाएको छ । आवश्यक सामग्री खरिद तथा कर्मचारी व्यवस्थापनका लागि संघीय सरकारबाट १४ लाख ५० हजार, प्रदेश सरकारबाट ५ लाख प्राप्त भएको कमल गाउँँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिएका छन् ।

अस्पतालका लागि एक डाक्टर, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी नियुक्ति भइसकेको छ । हाल, कमल गाउँँपालिका–३ स्थित शहीद धर्मभक्त माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टाइन पनि स्थानान्तरण गरी कोभिड अस्पतालमै सञ्चालन गरिने गाउँँपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित