भन्सार छली नेपाल ल्याइएको मदिरा बरामद

इलाम । भन्सार छली नेपाल ल्याइएको मदिरा प्रहरीले बिभिन्न स्थानबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले भारतबाट भन्सार छलेर इलाम ल्याउँदै गरेको मदिरा बरामद गरेको हो ।

इलाम नगरपालिका ७ जिरोमा प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिइएको टोलीले सूर्योदय नगरपालिका २ का पुर्ण कुमार तामाङले पशुपतिनगरबाट इलाम लैजाँदै गरेको मे १ ज २१७६ नंम्बरको मारुती भेन र १३२ बोतल भारतीय सिक्केमे रम बरामद गरेको छ । प्रहरीले भेन चालक तामाङसहित उक्त मदिरा र गाडी कर दाता सेवा कार्यालय इलाममा बुझाएएको छ ।

त्यसै सूर्योदय नगरपालिका १० नयाँचोकस्थित कल्पना तामाङले संचालन गरेको जिम्बा होटल, डम्बर प्रधानले संचालन गरेको एभरेष्ट होटल र पदम प्रधानको होटलबाट लुकाई छिपीइ राखेको सिक्किमे मक्स प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा खटीएको प्रहरीले उक्त होटलहरुमा खानतलासी गर्दा जिम्बा होटलबाट १४१ बोतल, एभरेष्ट होटलबाट ४८ बोतल र प्रधानको होटलबाट ४८ बोतल गरी जम्मा २३७ बोतल भारतीय सिमिमे मक्स बरामत गरी कर दाता सेवा कार्यालय इलाममा इलाममा बुझाइएको छ ।

त्यसै गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी निरीक्षक रमेश राईकै टोलीले सोमबार बिहान सूर्योदय नगरपालिका २ मानेभन्ञ्याङ रोड छेउ जंगलमा भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको एक लाख ३६ हजार ४ सय ८० रुपैंया बराबरको ३० कार्टुन भारतीय रेडबुल र ५ कार्टुन भाडा माझ्ने साबुन बरामद भन्सार कार्यालय पशुपतिनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित