बलात्कारविरुद्ध महिला सशक्तीकरण जरुरी

लकडाउनका बेलामा दर्ता भएका बलात्कारका केसहरूमाथि गरिएका अध्ययन तथा अनुसन्धानले महिला र बालबालिका आफ्नै घर तथा आसपासमै असुरक्षित हुन थालेको देखाएको छ, जुन निकै नै अमानवीय र दर्दनाक खुलासा हो । जहाँ आफ्नै मानिसका बीचमा महिला तथा बालबालिकाको सुरक्षा हुँदैन, त्यहाँ अन्य कुराको सुरक्षाको के आशा गर्ने ? लकडाउनका अवधिमा अन्य अपराधमा ९० प्रतिशतले कमी आए पनि बलात्कार तथा घरेलु हिंसाका घटनामा भने बढोत्तरी भइरहेको छ । सबैभन्दा हिंसाको जोखिममा रहेका महिला तथा बालबालिका नै यसको सिकार भइरहेका छन् । यसमा हाडनाता पर्ने, आफन्त तथा छिमेकीहरू नै बढी संलग्न भएको पाइएको छ । यस्तो आपराधिक कार्यमा घरकै हजुरबुबा, काका, मामा, छिमेकी अंकल तथा चिनेजानेका आफन्त तथा पारपाचुके भएका मानिस नै संलग्न भएको पाइएको छ । यसले अब नेपालको सामाजिक परिपाटी विगतको भन्दा भिन्न हुँदै गएको र खुला तथा अराजकतामा धकेलिँदै गएको देखाएको छ । पछिल्लो चरणमा भएका विज्ञान तथा प्रविधिको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको बिगबिगी, पत्रपत्रिका बिक्री हुने नाममा नांगा तस्बिरहरूको बाढी, लाइक र सेयर बढाउने नाममा अनलाइनहरूमा नांगा तस्बिर तथा भिडियोको सिलसिलाबद्ध प्रदर्शन आदिले यौन र यौनजन्य हिंसालाई बढावा दिएको छ ।

पुराना मूल्यमान्यतालाई तिलाञ्जली दिने तर नयाँ मूल्यमान्यता स्थापना गर्न र प्रयोगमा ल्याउन नचाहने वा ल्याउन उदासीनता देखाउने प्रवृत्तिले पनि मानिसलाई छाडा र उत्ताउलो बनाउँदै लगेको छ । यात्राका क्रममा बज्ने बजाउने छाडा गीतहरू पनि यसमा कम जिम्मेवार छैनन् । फिल्महरू पनि व्यावसायिकताका नाममा निकै छाडा र अश्लील बन्दै गएका छन् । फिल्मका कथा निर्माण गर्दा नांगिने र नंग्याउने खालका अस्वाभाविक सिनहरूको परिकल्पना गर्ने र हाउस फुल बनाएर पैसा कुम्ल्याउने सोच र फिल्मी व्यवसायले पनि बलात्कारका घटनालाई प्रश्रय दिएको छ । यौन, बलात्कार तथा यौनजन्य हिंसाका ’boutमा खुलेर पनि जनचेतना अभियान सञ्चालन गरिएको छैन । महिलाले स्वयम् आफूलाई कसरी सुरक्षित राख्ने र के गर्दा बलात्कारको सिकार भइन्छ भन्ने कुरा थाहा नपाउँदा पनि यस्ता घटना दिनदिनै घट्न गएका छन् । यसका ’boutमा उमेरअनुसार सचेतनाको खाँचो छ । कतिपय होटल, रेष्टुराँ तथा चमेना गृहमा पनि भड्किला र उत्ताउला खालका व्यवहारका कारण त्यस्ताखाले नकारात्मक वातावरण निर्माण भएको देखिन्छ ।

बलात्कारपछि बलात्कृत वा पीडितले पाउने अधिकारका ’boutमा पनि समाज र आफन्तमा रहेका अज्ञानताका कारण पनि दोषीले उल्टै उन्मुक्ति पाइरहेको देखिन्छ । महिला वा चेली हुनुका कारणले बलात्कृत हुनुपरेको एकतर्फी शिक्षा र वचन लगाइन्छ । यसले पीडित स्वयंलाई हीनताबोधको वातावरण निर्माण गरिदिने र आतंकको वातावरण सिर्जना गरिदिने गरेको स्पष्ट देखिन्छ । पीडक वा बलात्कारी पुरुषको दोष देखाइँदैन । बरु उल्टै ढाकछोप गर्ने प्रयत्न गरिन्छ । तराईका केही स्थानमा स्थानीय पञ्चायत तथा जनप्रतिनिधिसमेत बसी पीडकमाथि कारबाही गर्नुको सट्टा उल्टै उही बलात्कारीलाई बलात्कृत भएकी महिला विवाह गरी पठाइदिँदा हत्या भएको उदाहरण हाम्रासामु मानव लज्जाका रूपमा एकपछि अर्को गरी दोहोरिइरहेका छन् । यसका लागि सरकारले एसिड आक्रमण नियन्त्रण गर्ने उद्देश्यले निर्माण गरेको ऐनजस्तै कडा र निर्मम सजायको व्यवस्था गर्नु जरुरी छ । यसका साथै जनचेतनालाई तीव्रता दिई महिला सशक्तीकरणको अभियानलाई अघि बढाउनु जरुरी छ ताकि पीडित आफंै निर्भीकताका साथ बोल्न सकून् र मुकाबला गर्न सकून् ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान