लेक लागेर मकालु बेस क्याम्प गएका युवकको मृत्यु

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ याङ्लेखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट मकालु बेस क्याम्प घुम्न गएका खाँदबारी नगरपालिका –१ का २४ बर्षीय बिवेक श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए ।

श्रेष्ठको शिवधारा पुगेर फर्केने क्रममा बाटैमा स्वास्थ्य समस्या देखिएको थियो । उनको शुक्रबार बार राती सुतेकै स्थानमा मृत्यु भएको यात्रामा सहभागी खाँदबारी –३ का सुसिल कार्कीले जानकारी दिनु भयो । सदरमुकाम खाँदबारीबाट १२ गते ७ जना युवाहरुको टोली बेस क्याम्प तर्फ लागेका थिए ।

श्रेष्ठसहितको टोली शिवधारा दर्शन गरिसकेर मकालु बेस क्याम्प जाँदै गर्दा बाटैमा स्वास्थ्यमा समस्या देखिएको पछि याङ्लेखर्क भन्दा केही तलको एक होटलमा राखिएको यात्रामा सहभागी कार्कीले बताए । श्रेष्ठको लेक लागेर शुक्रबार राती सुतेकै स्थानमा मृत्यु भएको हुन सक्ने प्रहरी प्रमुख मल्लले बताए ।

घटनापछि मृत्तकश्रेष्ठको शव लिन मकालु बेस क्याम्प उडेको हेलिकप्टर खराव मौसमका कारण नै रोकिएको थियो । शनिबार घटनास्थल तर्फ उडेको हेलिकप्टरले आइतबार बिहान मात्रै शव लिएर सदरमुकाम खाँदबारी आइपुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित