चार महिनामा उत्पादन गरेको तरकारीले वर्षदिनको घर खर्च

इलाम । इलाम र पाँचथरको संगमस्थलमा रहेको फिदिम नगरपालिका १४ सुकेपोखरीकी अस्मिता वान्तावा राईले तरकारी खेतीबाटै चार जनाको परिवार चलाएकी छन । चार महिनामा उत्पादन भएको आलु, कोपी र मूलाको आम्दानीले नै वर्ष भरीको घरखर्च चलिरहेको छ । उनले उत्पादन गरेका तरकारी स्थानीय व्यापारी मार्फत तराई र भारतसम्म पुग्ने गर्दछ । उनले यस वर्ष एक लाख भन्दा वढीको आलु र कोपी बेची सकिन् भने मूला खन्ने तयारीमा छिन् ।

सोहि ठाउँकी रञ्जु राईपनी तरकारीबाट भएकै आम्दानीले घर खर्च चलाउँछिन् । अस्मिता जस्तै रञ्जुको पनि आलु, कोपी र मूलाबाट भएको आम्दानीलेनै घर खर्च चलाउने गरेकी हुन् । असार महिनादेखि कार्तिक महिनाको समयमा उत्पादन गरेको तरकारीले घरमा आवश्यक पर्ने सवै खर्च पुर्याउनु पर्ने हुन्छ । यस वर्ष उनले ६० हजार भन्दा बढीको आलु र कोपी बेचीसकिन् भने मूला खन्ने तयारीमा छिन् ।

अस्मिता र रञ्जु प्रतिनिधि पात्र मात्र हुन् । सुकेपोखरी क्षेत्रमा वुोवास गर्ने सबैको दैनिकी चार महिनाको आम्दानीले चलिरहेको हुन्छ । त्यहाँ जम्मा नौ वटा घर रहेका छन् ती सबै घरको मुख्य आम्दानी भनेको तरकारी खेती नै हो । कात्तिक महिना पछि हिउँ पर्ने हुँदा चार महिना मात्र तरकारी उत्पादन हुने गर्दछ । गत वर्षको तुलनामा अउत्पादन भएको आलुले मूल्य पाएको कारण उनीहरु सन्तुष्ट छन् । प्रतिमन ३५ सय रुपैयाँदेखि ४० हजार रुपैयाँसम्ममा आलु बिक्री भएपछि सन्तुष्ट रहेका छन् ।

यस क्षेत्र गाई वस्तु चरनका लागि फराकिलो ठाउँ रहेको हुँदा गाईको दुधबाट पनि आम्दानी हुने गर्छ । यस क्षेत्रको उत्पादित वस्तु पौवा भञ्ज्याङ हुँदै बाहिरी जिल्ला जाने गर्छ तर पौवा भञ्ज्याङदेखि पाँच किलोमिटर कच्चि सडक भएको कारण समस्या भएको छ । बर्खाको समयमानै तरकारी उत्पादन हुने र पानी परेपछि सडक विग्रिएको कारण पनि समस्या हुने गरेको स्थानीय बताउँछन् ।

वर्खाको शुरुमा दुखले ट्याक्टरसम्म त पुग्छ । पानी पर्न थालेपछि सडक भत्किएने र खाल्डा खुल्डी पर्न थालेछि समस्या हुने गरेको उनीहरु बताउँछन् । वर्खाको समयमानै तरकारी उत्पादन हुने र ट्याक्टर समेत नपुगे पछि त्यहाँ उत्पादन भएको तरकारी घोडा र मान्छेले बोकेर पौवा भञ्ज्याङ निकाल्ने गरेका छन । पौवाबाट जम्मा पाँच किलोमिटर मात्र सडक भएपनि कच्ची सडक हुँदा बर्खाको समयमा समस्या हुने गरेको स्थानीयको भनाई छ ।

त्यहाँ उत्पादन भएको तरकारी बजार ल्याउन समस्या भएको र सुकेपोखरी क्षेत्र पर्यटकीय क्षेत्र भएको कारण सडक स्तरोन्नतीका लागि सरकारी चासो शुरु भएको छ । त्यस क्षेत्रको विकासको लागि बजेट विनियोजन भइसकेको छ । पौवा भञ्ज्याङ सुकेपोखरी सडक स्तरोन्नतिमा ४० लाख रुपैयाँ, चिसापानी, सुकेपोखरी, इलाम देउराली सडक निर्मयामा चारलाख रुपैयाँ विनियोजन भएको सुकेपोखरी लुहाकिल मञ्चका सचिव सुरेस वान्तावाले बताए ।

उनले भने ‘ पर्यटकीय क्षेत्रको विकासका लागि पनि रकम विनियोजन भएको छ ।’ लुहाकिल भ्यू पोइन्ट निर्माणमा प्रदेश सरकारको ३५ लाख, लुङमादेन पोखरी संरक्षणमा स्थानीय सरकारको एकलाख ५० हजार रुपैयाँ र बत्तीसे झरनाका लागि पाँचलाख रुपैया बजेट विनियोजन भएको छ । उक्त क्षेत्र होमस्टे अवधारण अनुरुप पर्यटक आकर्षित भएको कारण त्यहाँ पर्यटन आवास गृह, सामुदायिक भवन, होमस्टेमा सोलार प्यानलका साथै स्वास्थ्य र सुरक्षाको समस्या रहेको सचिव वान्तावा बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित