शिक्षकको हत्या गर्ने अभियुक्त पक्राउ

इलाम । इलामको माई नगरपालिका १ का ४६ वर्षीय शिक्षक पुष्पलाल राईको हत्यारा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि ठाउँका ४५ वर्षीय पदम बहादुर राईलाई पक्राउ गरेको जिल्ला प्रहरीकार्यलय इलामले जनाएको छ ।

प्रहरी कार्यलय इलामका प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीका अनुसार मृतक राई सोहि स्थानको पदम बहादुर राईको घर आगनमा मृत अवस्थामा रहेको भन्ने सुचना पाएपश्चात प्रहरिले अनुसन्धान थालेको थियो । घटनास्थलको प्रकृति एंव अवस्था हेर्दा धारिलो हतियारद्वारा घाँटीको पछाडीको भाग काटिएको देखिएकोले थप प्रारम्भीक अनुसन्धानमा सहयोगको लागि तत्काल संघिय प्रहरी इकाइ कार्यालय धरान सुनसरीबाट घट्नास्थलमा “लैला“ नामको ट्रयाकर (म्यन) झिकाई अनुसन्धान भएका सुवेदीको भनाई छ ।

पक्राउ परेका राईले घट्नामा प्रयोग गरेको खुकुरी पनि फेला पारेको छ । अभियूक्तले आफैंले हत्या गरेको स्विकारेको पनि सुवेदीले जानकारी दिए । इलाम जिल्ला अदालत इलामबाट हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान भईरेहकोमा प्रहरीको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 325 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित