काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय गायिका एलिना चौहानले गाएको यो गीत केही फरक शैलीको रहेको छ । यस गीतमा अभिनय पनि गायिका रुवयंमकै रहेको छ ।
गीत रचना डीपी दाहाल परिश्रमीको रहेको छ भने गीतले मानवीय व्यबहारिक जीवनका बास्तबिकताहरु बोलेको छ । मनछुने शब्दहरुले भरीएको गीतमा गहकिला शब्दहरु छन् ।
मनपरेको मायाले घरबार गर्यो
आफ्नोभने मुटुमा घाउचोट पार्यो
मनभित्रका सपना गोडेर गोडेर
उज्यालो त गैगयो छोडेर छोडेर
लाल बहादुर सुब्बाको संगीत रहेको यस गीतलाई सबिन लिम्बुले एरेन्ज गरेका छन् । यस गीतलाई मेल भोकलमा सबिन लिम्बुले पनि स्वर दिएका छन् । ह्वाइट मिडियाको निर्माण संयोजन रहेको भिडियोको सम्पादन एवं निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् । उक्त म्युजिक भिडियो डिलाईटेड नेपाल युटुब च्यानलमार्फत् हेर्न पाईने गीतकार परिश्रमीले बताए ।






