चुनाब जितेपछि दोस्रो पटक गाउँ पुगेका मन्त्रीलाई सडकमै मागपत्र

hfh/sf]6 ,!! kmfu'g M lzjfno ufpFkflnsfsf cWoIf g/]Gb|s'df/ zfxLåf/f jg tyf jftfj/0fdGqL zlQmaxfb'/ a:g]tnfO{ :yfgLojf;Lsf] ;d:ofsf] ljj/0f;lxt lzjfno ufpFkflnsfsf–! df]s{ahf/l:yt cfOtaf/ 1fkgkq a'emfpFb} . t:jL/ M x]dGt s];L÷ /f;;


जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई पश्चिम जाजरकोटका स्थानीयवासीले स्वागतसँगै सडकमै मागपत्र बुझाएका छन् ।

स्थानीयवासीसँगै स्थानीय तहका प्रमुखहरुले समेत सङ्घीय सरकारको तर्फबाट बजेट, योजना पठाएर समस्या समाधान गर्न माग गरेका हुन् । चुनाव जितेपछि दोस्रोपटक पश्चिम जाजरकोट आउपुगेका मन्त्री बस्नेतलाई खानेपानी, विद्युत, पुल, सडक र मोबाइल टावरसम्मका माग राखेर ध्यानाकर्षण गराइएको छ ।

चुनावमा गाउँ जाँदा घोरेटो बाटोमा हिँडेर गएका मन्त्री अहिले सडक निर्माणकार्य भएको ठाउँमा गाडीमा सवार थिए । करिब दुई वर्षभित्र स्थानीय सरकार र सङ्घीय सरकारको बजेटबाट पश्चिम जाजरकोटका अधिकांश मुख्य ठाउँका कच्ची सडक निर्माण जारी रहेकाले मन्त्री गाडीमै सवार भएका हुन् ।

दुई वर्षअघि गाउँ पुग्दा फोन गर्नका लागि अग्ला डाँडामा पुगेका मन्त्री बस्नेत योपटक भने अग्ला डाँडामा जानु परेन । आफू चढेको गाडीबाटै अधिकांश ठाउँबाट आएका फोनमा सजिलै सम्पर्क गर्न भ्याएका थिए । मध्यपहाडी लोकमार्गका अधिकांश ठाउँमा ३३ केभी प्रसारण लाइनका पोल गाडिएकाले अब तारसँगै सवस्टेशन निर्माणको काम पूरा गर्न ठाउँ र कामको समयसमेत मन्त्री बस्नेतले बताए ।

नौ वर्षदेखि अवरुद्ध शिवालय गाउँपलिका मोर्कको पुल अहिलेदेखि नै निर्माण शुरु भएको छ । स्थानीय तहले निर्माण गरेका काममा बजेट अभाव भएर सबै पूरा गर्न नसकिएको भन्दै शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले मन्त्री बस्नेतसँग ज्ञापनपत्र समेत सडकमै बुझाएका थिए । स्थानीय तहका प्रमुख र जनताले सबैभन्दा बढी सडक र स्वास्थ्य संस्था निर्माणको विषयलाई केन्द्रित गरेर माग पत्रमा उठाएका छन् । मन्त्री बस्नेतले स्थानीयवासीसँग कहाँ–के समस्या भएको हो भन्नुहोस् भन्दै सार्वजानिक ठाउँबाट जनताका गुनासो सुनेका थिए ।

सिंहदरवार टाढा छ म गाउँमै कुरा सुन्न आएँ : मन्त्री

सिंहदरबारसम्म गुनासा लिएर जान नसक्ने स्थानीयवासीका लागि कुरा सुन्न म गाउँमा आएको भन्दै मन्त्री बस्नेतले ढुक्कसँग आफ्नो मनमा लागेका कुरा राख्न स्थानीयवासीलाई आग्रह गरे । स्थानीयवासीका माग सुनेर मन्त्री बस्नेतले भने ‘तपाईंका माग व्यक्तिगत चाहनासँग जोडिएका छैनन् मलाई थाहा छ सामूहिक विकास निर्माणका काम, स्वास्थ्य संस्था निर्माण, खानेपानी, टेलिफोन टावर निर्माण र सडकका कालोपत्रका कुरा छन् । यी सबै कुरा अबको दुई वर्ष्भित्र पूरा हुनेछन् ।’ स्थानीयवासीले सुनाएका समस्या तीन तहका सरकार भएकाले तीनै तहका सरकारका प्रतिनिधि गाउँमा पुगेको मन्त्री बस्नेतको भनाइ छ ।

विकासमा अनुशासन कायम गर्न समेत उनले आग्रह गरे । केन्द्रबाट पठाएको बजेट कहाँ–कति खर्च भयो त्यो सबै कुरा खबरदारी गर्न उनले आग्रह गरे । ‘दिनभरि के गरियो, बेलुकी समीक्षा गरौँ ? समयभर अर्काको कुरा काट्दै सकिने तर आफूले के गरिरहेको छु थाहा नपाउने परिपाटी अब बन्द गरौँ ।’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम