ओए काजलले मोडलिङमा व्यस्त बनायो चक्रलाई

काठमाडौं । गायक चक्र बमलाई पछिल्लो एउटा गीतले व्यस्त मोडल बनाइदिएको छ । एकपछि अर्को म्युजिक भिडियोमा मोडलिङको प्रस्ताव आउन थालेपछि उनले केही समय यताबाट नयाँ गीत रेकर्डिङको लागि समय पनि निकाल्न सकेका छैनन् ।

यी गायकको तीन महिनाअघि मात्र ‘ओए काजल नजर लागली।।।’ गीत आएको थियो । सामाजिक सञ्जालदेखि मिडियासम्ममा भाइरल भएको उनको यो गीत अहिले पनि त्यत्तिकै चलेको छ । यो गीतमा चक्र बम आफैंले मोडलिङ गरेका छन् । यो गीत जति मिठो थियो । गीतको भिडियोमा चक्रको अभिनयलाई पनि दर्शकले त्यत्तिकै मन पराए । यतिबेलासम्म यो गीतलाई सामाजिक सञ्जाल युट्युबमा दर्शकले डेढ करोडपटक हेरिसकेका छन् ।

अभिनेता पुष्प खड्कासँग यी गायक चक्र बमले अभिनय गरेको शिव हमालको नयाँ गीत निरमाया।।।को भिडियो मंगलबार मात्र रिलिज भयो । सो रिलिज समारोहमा राजधानीसँग गफिँदै चक्रले भने, ‘मेरो गीत ओए काजल।।को भिडियो हेरेपछि शिव हमाल दाइले मलाई उहाँको गीत झुम्का झलक्कैमा मोडलिङको प्रस्तवा राख्नुभयो । गीत गाउने प्रस्ताव आउँछ भनेको त मोडलिङ गर्ने प्रस्ताव पो आयो ।’ एकछिन हाँसेपछि उनले सुनाए, ‘मेरो अभिनय र नृत्य उहाँहरूलाई मन परेर प्रस्ताव गर्नु भएपछि मैले त्यो भिडियोमा काम गरें । त्यसपछि त लगातार म्युजिक भिडियोमा मोडलिङ गर्ने प्रस्ताव आइरहेको छ र मैले मोडलिङ गरिरहेको छु ।’

ओए काजल बजारमा आउनुभन्दा अघि पनि चक्रले थुप्रै गीत गाइसकेका छन् । उनले विभिन्न म्युजिक भिडियोमा मोडलिङ पनि गरेका छन् । ओए काजलभन्दा अघिल्लो आफ्नो आइटम गीत नाच मेरी झुमा।।।मा उनले मोडल करिश्मा ढकालको नृत्यलाई महŒव दिएका थिए । जसमा उनले पनि मोडलिङ गरेका थिए । तर, त्यो गीतबाट करिश्माले चर्चा कमाइन् । यतिबेला ओए काजलले आफूलाई गायनभन्दा मोडलिङमा व्यस्त बनाएपछि प्रस्ताव आएका गीतमा मोडलिङ गरिरहेको चक्रले बताए ।

आफूलाई एकपछि अर्कोमा लगातार मोडलिङको प्रस्ताव आएपछि अब चक्रले राम्रो गीत र टिम छानेर मात्र अभिनय गर्ने सोच बनाएका छन् । आफू गायक भएकाले गायनलाई पनि सँगै अघि बढाउने यी गायकले बताए । सुदूरपश्चिमका भाकालाई नेपाली लवजमा गाउन गरेकाले पनि चक्रका गीतहरू दर्शकले बढी रुचाएका छन् । ओए काजलभन्दा अघि चक्रका मोया लोइ।।।, दारु सड्काउने।।।, जाँडको झोलमा।।सहित थुप्रै गीतहरू चर्चामा आइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 335 times, 1 visits today)

epaper

ताजा समाचार

‘लाली’ हराएको ‘बजार’