नोबेल कोेरोना र हाम्रो सावधानी

चीनबाट उद्धार गरिएका सबैमा कोरोना नभएको देखियो भन्दै हर्षित छन्, स्वास्थ्य मन्त्रालय त्यसैलाई सफलता मान्दै छ, पर्यटनमन्त्री देश कोरोनामुक्त छ भन्दै अन्तर्राष्ट्रिय विज्ञापन गर्न तयार देखिन्छन् । तर, गत ९ माघमा एक शंकास्पद एक जना बिरामीको रगत र ¥यालको नमुनामा नोबेल कोरोना भाइरस नेपालमा छ भन्ने पुष्टि भएको छ । अलमल र चर्चाका बीचमा हामी सार्वभौम नागरिक रनभुल्ल छौं । एकापसमा तालमेल छैन ।

नेपाल एयरलाइन्सले ४ फागुनमा बिहान २ बजे नेपालीलाई वुहानबाट ल्याएपछि यात्रीको स्वास्थ्य, संक्रमण अन्यत्र फैलन नदिन र उनीहरूको उपचारको ख्याल गर्दै स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वुहानदेखि खरिपाटी क्वारेन्टाइनसम्म आउँदा यात्राक्रममा विमानस्थल, बिमानस्थलदेखि क्वारेन्टाइनसम्म, हेल्थ डेस्कमा, १४ देखि १७ वा बढी दिन क्वारेन्टाइनमा रहँदा मास्क, व्यक्तिगत सुरक्षा साधन, हैन्ड, रेस्पिरेटरी हाइजिन, २४ घण्टा र १४ दिनमा गरिने थ्रोट स्वाब, रुम रुल, रेस्ट रुम रुल, फुड रुल, टाइमिङ रुलजस्ता सावधानीमा नेपालीले ध्यान दिनपर्ने भन्दै ५३ बुँदे निर्देशन छ ।

प्रकोप : कोरोना भाइरस कोभिड १९ का कारण बुधबार तेहरानबाट १३८ किमि दक्षिणमा रहेको कोममा दुई जना वृद्ध इरानी नागरिकको मृत्यु भएको छ । बिहीबार बिहानसम्म कोरोनाको कारण मृत्यृ हुने विश्वमा २ हजार १ सय २६ पुगेको छ, जसमा चीनमा मात्र २ हजार १ सय १८, हङकङमा दुई, इरानमा दुई, फ्रान्स, जापान, ताइवान र फिलिपिन्समा एक÷एक जनाको मृत्यु भएको छ । ६ फागुनसम्म कोभिड १९ बाट वुहानका वुछाङ अस्पतालका निर्देशक ५० वर्षीय एक वरिष्ठ न्युरो चिकित्सक लियु झिमिङ र ६२ वर्षीय डा. लियाङ बुदोङको कोरोनाकै कारण मृत्यु भएको चिनियाँ अधिकारीले बताएका छन् ।

चीनमा मास्कको अभाव भएपछि ६ दिनभित्र मास्क उत्पादन कम्पनी सम्पन्न गरी दैनिक साढे २ लाख थान उत्पादन गर्नेगरी काम सुरु भयो । यसअघि १० दिनमा अस्थायी ६ हजार बेड र १ हजार बेड अस्पताल निर्माण गरी सञ्चालनमा ल्याई विश्वचकित पारिसकेको छ । चीनको बेइजिङ भित्रने सबैलाई घरमै वा सरकारले तोकेको स्थानमा क्वारेन्टाइनमा बस्न भनेको छ । नमान्नेलाई सजाय भोग्न तयार रहन भनेको छ । देश छाडेर स्वदेश फर्केका छात्रवृत्ति प्राप्तलाई स्टाफेन रोक्ने र सेसन पनि एक वर्षपछि सुरु गर्न निर्देशन दिएको छ । कोरोना भाइरसको महामारीविरुद्ध चीनको केन्द्रीय बैंकले प्रभावित क्षेत्रमा जम्मा भएका कागजी नोटसमेत नष्ट गर्ने जनाएको छ ।

चिनियाँ सरुवा रोग विशेष जर्नल, सीडीसीले प्रकाशित संक्रमण पुष्टि भएका, आंशका गरिएका चिकित्सकीय परामर्श लिएका ७२ हजार ३ सय १४ व्यक्तिको रोगको प्रकृति’bout फेब्रुअरी ११ तारिखसम्म गरिएको उक्त अध्ययनले ८०.९ प्रतिशत हल्का, १३.८ प्रतिशत गम्भीर र ४.७ प्रतिशत उच्च खतरायुक्त रहने वर्गीकृत गरेको छ । तथापि, चीनमा कम्युनिस्ट पार्टीको फलामे सेन्सर प्रक्रिया, रोगभन्दा बढी सशक्त रूपमा रोगसम्बन्धी सूचनाको प्रवाहसँग लड्ने चलन, विकासको चरणमा कृषि फार्म र हाइजिनको विकास बेरोजगारको डरले नभएकाले १०औं लाख बंगुर तथा कुखुराका खोरले महामारी भइरहन्छ । गरिब गाउँलेका दुई पैसा कमाउने लालच र सहरियाको अनौठा प्राणी खाने सोखले पशुबजारजस्ता ठाउँ रोगका नर्सरी बन्ने गरेका छन्, चीनमा ।

लक्षण : ग्रिक शब्दमा कोरोना भनेको माला वा ल्याटिन भाषामा मुकुट हो । इलेक्ट्रोन माइक्रोस्कोपमा हेर्दा मुकुटजस्तै देखिन्छ । कोभिड १९ बाट संक्रमितलाई मध्यमदेखि कडा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गरेको छ । ज्वरो १००.४ डिग्री फरेनहाइट बढी, रुघाखोकी, सास फेर्न असजिलोजस्ता लक्षण देखिन्छ । त्यसैमा विगत १४ दिनमा चीनको वुहान यात्रा गरेको वा बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहेको इतिहास हुनुपर्छ । सयमा २० संक्रमितमा कडा रूप देखिने र दुई जनाको मृत्यु हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

जनावर वा जनावरको नपाकेको मासुबाट मानिसमा सर्दछ । मानिसमा संक्रमण भएपछि एक संक्रमितले कम्तीमा दुई जनामा संक्रमण सार्दछ । बालबालिका, ५० वर्ष बढी उमेर, मुटु, मिर्गाैला, एचआईभी, क्षयरोग, मधुमेहलगायत भएकालाई कोरोना सर्ने सम्भावना बढी देखिएको छ । नोबेल कोरोना भाइरस मौसमी रुघाखोकीजस्तै संक्रमित व्यक्तिबाट खोक्दा, हाच्छिउँ गर्दा अर्काे स्वस्थ व्यक्तिमा श्वासप्रश्वासको तथा मुखबाट निस्किने पानीका ससाना कणका माध्यमले र व्यक्तिबीचको सामानको प्रत्यक्ष सम्पर्कबाट फैलन्छ । नोकोभा–२०१९ को मृत्युदर ३ प्रतिशतभन्दा कम छ तथापि मर्स र सार्सको क्रमशः ४० र १५ प्रतिशत थियो ।

भाइरस प्रवेश गरेपछि लक्षण देखिन औसतमा ५-६ दिन, छिटोमा १ दिन र बढीमा १२.५ दिन देखिएको छ । हालसम्म कुनै घरपालुवा, पक्षीहरूमा संक्रमण देखिएको छैन । निमोनियाविरुद्ध खोपले कोरोना संक्रमण रोक्दैन । एन्टिबायोटिक तŒव भएको लसुन कोरोनाविरुद्ध उपलब्धिमूलक देखिएको छैन । नोकोभा भाइरस चाइनिज कोब्रा र करेट सर्पबाट मानिसमा सरेको चिनियाँ मिडियाबाजी भए पनि कुन पशुबाट भन्नेमा अझै स्पष्ट भइनसकेको विश्व स्वास्थ्य संगठन बताउँछ ।

व्यवस्थापन : न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित रिर्पाेटमा कोरोना संक्रमणमा लक्षण नदेखिएका पनि संक्रमित हुन सक्ने र अन्य व्यक्तिमा रोग फैलाउन सक्ने बताएको छ । एक संक्रमितलाई उचित व्यवस्थापन नगरिए त्यसबाट सयौं हुँदै हजारौं अन्तहीन शृंखला निर्माण हुन्छ । तसर्थ, क्वारेन्टाइनमा राखिने गरेको हो । लक्षण देखिएका वा संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्छ । संक्रमणका कारण दुई दिनमै जटिल अवस्था आई ज्यान जान सक्ने भएकाले खोप र उपचार विधि पत्ता नलागेसम्म रोकथाम नै बुद्धिमानी हो ।

मास्कको प्रभावकारिता ः सर्जिकल मास्कले स्वास्थ्य संस्थामा संक्रमण रोकिरहेकाले रोक्न सक्छ भन्ने निचोड निकाल्दै गर्दा साबुन पानीले हात धुने बानी र संक्रमितबाट टाढा रहन पनि सँगै गर्न
भनिन्छ । ’cause, मास्क नाक र मुखमा ग्याप नरहने गरी फिट गर्न सकिँदैन । मोबाइल फोनमा कुरा गर्दा खोक्दा, हाच्छियुँ गर्दा मास्क खोल्न हुँदैन । मुखमा हात लैजाने, नाक चलाउने गर्न हुँदैन । सार्स कोरोनाका बेला श्वासप्रश्वासको माध्यमबाट स्वास्थ्यकर्मीमा संक्रमणको जोखिम ८५ प्रतिशतले कम गर्न सकेको अध्ययनले देखाएको छ । तथापि, बिरामीको हेरचाहमा रहने स्वास्थ्यकर्मीलाई रेस्पिरेटर फिल्टर प्रयोग गर्न भनिन्छ । काठमाडौंमा धुलो, धु“वाबाट जोगिन हरेका १० मा ३ ले मास्क लगाउने गर्दथे तर कोरोनापछि ह्वात्तै बढेको छ । काठमाडौंमा मास्क लगाउनेमा दुई तिहाइले धोएर पुनः प्रयोग गर्न सकिने, सस्तो, कपडाबाट स्थानीय रूपमै बनाइने कपडाको मास्क लगाउँछन् । जसमा ८० देखि ५ सय माइक्रोमिटर ठूला प्वाल हुन्छन्, धुलाकण राम्रोसँग छेक्न सक्दैन । धोएर पुनः प्रयोग गर्दा कण छान्ने क्षमता २० प्रतिशतभन्दा बढीले ह्रास हुन्छ ।

अन्तमा, चीनजस्तो १० दिनमा हजार शøयाको अस्पताल बनाउन सक्दैनौं । संक्रमण भित्रिन नदिनु नै सर्वाेत्तम विकल्प हो, जसका लागि व्यक्तिसँगको एक मिटर दूरी, श्वासप्रश्वास र हात स्वच्छतासम्बन्धी नियम पालना गर्न जरुरी छ । बारम्बार साबुनपानीले हात धुनेलगायतका व्यक्तिगत स्वच्छताका सबै उपाय अवलम्बन गर्नुपर्छ । देश फर्किएको दुई साताभित्र रुघाखोकी, ज्वरो आदि देखिए तुरुन्तै टेक लगायतका सुविधासम्पन्न अस्पतालमा आफ्नो यात्रा इतिहास खुलाउँदै चिकित्सकीय सल्लाह लिनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 308 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी