थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम

 काठमाडाै । पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार १ सय १७ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ७ सय ९८ जना निको भएका छन् ।

 कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यीमध्ये ३६ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् । १ लाख ५९ हजार ७ सय २४ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न आइसोलेसनमा ९ सय ६७ जना रहेको मन्त्रालयको तथ्यांक रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान