ओझेलमा नेकपाको राष्ट्रिय अभियान

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सुरु गर्ने भनेको राष्ट्रिय अभियान ओझेलमा परेको छ । हालै सम्पन्न (१५ देखि १९ माघ) केन्द्रीय कमिटी बैठकबाट राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय भएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि एकीकृत पार्टीले देशभरि अभियान सञ्चालन गर्ने शीर्ष नेताले उद्घोष गरेका थिए ।

३ जेठ २०७५ मा पार्टी एकीकरण भए पनि पार्टीको बैठक विधानअनुसार हुन सकेको छैन । पार्टी विधानअनुसार प्रत्येक तीन महिनामा स्थायी कमिटी बैठक र ६ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्ने पार्टीको विधानमा उल्लेख गरिएको छ ।

पार्टी एकीकरण र सरकार सञ्चालनका क्रममा सरकारले गरेका राम्रा काम’bout जानकारी दिने उद्देश्यसहित आयोजना गर्ने भनिएको राष्ट्रिय अभियान सुरु गर्न नेताले नै चासो नदिएकाले ढिलाइ भएको हो ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले पार्टीले छिट्टै नै राष्ट्रिय अभियान सुरु गर्ने बताए । पार्टीमा छलफल भइरहेको बताउँदै उनले पार्टी सचिवालयको बैठकले नियमावली तयारी गर्दै अभियान सुरु गर्ने बताए ।

‘पार्टीको सचिवालय बैठकले नियमावली तयारी गरेर अभियान सुरु गर्छ,’ पौडेलले भने, ‘पार्टी केन्द्रीय कमिटीले समेत अभियान सुुरु गर्ने निर्णय गरिसकेकाले यसमा ढिलाइ हुँदैन ।’

अब बस्ने सचिवालय बैठकमा राष्ट्रिय अभियान’bout नियमावली तयार गर्दै अगाडि बढने उनले बताए । पार्टी एकीकरण र सरकारका काम’bout जानकारी दिने उद्देश्यसहित अभियान देशैभर सञ्चालन गरिने योजना नेकपाको छ । पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि नेकपाले राष्ट्रिय अभियान सञ्चालन गर्ने प्रस्ताव हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट पारित गरिसकेको छ । अभियानअन्तर्गत समस्त पार्टी पंक्तिको एकीकृत परिचालन गरिने नेकपाले जनाएको छ । ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिनेछ ।

अभियानअन्तर्गत पार्टी कमिटीहरूको बैठक, भेला, घरदैलो–पदयात्रा, टोल भेला र टोलसभाको समेत आयोजना गरिने योजना पार्टीले बनाएको छ । अभियानको क्रममा पार्टीका जनवर्गीय संगठनको बैठकसहित नेताकार्यकर्ता सबैलाई परिचालन गरिनेछ । अभियानअन्तर्गत पार्टी प्रवेशदेखि विकासका मुद्दामा छलफलसमेत गरिनेछ ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले पार्टीले राष्ट्रिय अभियान सञ्चालन गर्न आन्तरिक तयारी गरिरहेको बताए । पार्टी एकीकरणपश्चात् वाँकी रहेको केही कामको टुंगो लगाउँदै देशैभर अभियान तीव्र रूपमा सञ्चालन गरिने उनले बताए ।

‘विभागसहित पार्टी एकताको केही बाँकी काम टुंगो लगाउँदै देशैभर तीव्र रूपमा अभियान सञ्चालन गरिन्छ,’ साहले भने, ‘पार्टीमा आन्तरिक तयारी भइरहेको छ, त्यस’bout छिट्टै नै पार्टीले सबै नेतालाई देशैभर परिचालन गर्छ ।’

नेकपाले सञ्चालन गर्ने राष्ट्रिय अभियान तीन महिनासम्म सञ्चालन हुनेछ । अभियानका क्रममा केन्द्रीय, प्रदेश, जिल्लासहित जनवर्गीय संगठनका नेताहरूलाई समेत परिचालन गरिने तयारी नेकपाले गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 325 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ