बागमती प्रदेशका सबै नागरिकले २४ घन्टाभित्र पिसिआर रिपोर्ट पाउने

सिन्धुली । सिन्धुलीमा कोभिड १९ पिसिआर परिक्षण ल्याव सञ्चालनमा आएको छ । ल्यावको उद्घाटन बाग्मति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले गरेका छन । ल्यावको उद्घाटन गर्दै दुलालले प्रदेश सरकारले प्रदेश भित्रका सबै पालिकामा चिकित्सकीय सेवा दिने तयारी गरेको बताएका छन ।

उनले सबै स्थानीय तहमा अस्पताल निर्माण गर्नुका साथै चिकित्सकको व्यवस्था मन्त्रालयले गरेको बताएका छन । सिन्धुलीमा कोभिड १९ पिसिआर ल्यावको आइतबार उद्घाटन गर्दै मन्त्री दुलालले संविधानले दिएको स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न प्रदेश सरकारले अभियानका रुपमा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताए ।

उनले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने र बाग्मति प्रदेशका जिल्ला अस्पतालहरुको क्षमतालाई दोब्बर क्षमताको बनाउने गरि काम गरिएको बताए । उनले सिन्धुली अस्पताललाई एक सय शैयाको जनरल अस्पतालका रुपमा विकास गर्ने गरि काम सुरु भएको बताए । उनले भने, ‘भवन निर्माण, औजार उपकरणको व्यवस्था लगाएतका काम सुरु भएको छ, यो अस्पताललाई प्रदेश सरकारले अक्सिजन र स्वास्थ्यकर्मी सहितको सेवा भएको वि ग्रेडको एम्बुलेन्स सहयोग गर्ने तयारीमा छौं ।’

दुलालले बाग्मति प्रदेशका सबै जिल्लाका नागरिकलाई २४ घण्टामा पिसिआर रिपोर्ट दिन सक्ने गरि पाँच स्थानमा ल्याव सञ्चालनमा ल्याईएको बताए । उनले सिन्धुली अस्पताल, त्रिसुली अस्पताल, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, हेटौडा अस्पताल गरि पाँच ठाउँबाट पिसिआर परिक्षण सुरु भएको बताए ।

उनले भने, ‘सिन्धुलीको ल्यावमा आवश्यकता अनुसार बाग्मति प्रदेशका जिल्ला वा अन्य छिमेकी जिल्लाका स्याम्पल पनि परिक्षण गर्न सकिने हुन्छ । यसको व्यवस्थापन, नियन्त्रण र व्यवस्थापनको काम प्रदेश प्रयोगशाला र सिन्धुली अस्पतालले गर्ने छ ।’

उक्त ल्याव शनिबार जडान गरि परिक्षण जाँच गरेपछि आइतबार उद्घाटन गरिएको हो । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्की, नेकपाका ज्वाला प्रसाद न्यौपाने लगाएतले मन्तव्य व्यक्त गरेका थिए । यस्तै बाग्मति प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीले मल्टिकुलर ल्याव सञ्चालनमा ल्याईएकाले कोभिड १९ टेष्ट बाहेकका सरुवा रोगको परिक्षणमा समेत प्रभावकारी हुने बताए ।

उक्त ल्याव एक करोड २५ लाख बाग्मति प्रदेश सरकार र सिन्धुली अस्पतालको १५ लाख बराबरको व्यवस्थापनमा सुरु भएको हो । ल्याव सञ्चालनमा आए पछि सिन्धुली र यसको आसपासका जिल्लालाई कोभिड परिक्षणमा सहज हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 591 times, 1 visits today)

epaper

ताजा समाचार

कन्दराको एटलान्टा कन्सर्टबाट उठेको २१ लाख रुपैयाँ प्रधानमन्त्री कोषमा