नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा आजबाट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आजबाट सुरु हुँदैछ । साधारणसभाको जुम प्रविधिबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहित विभिन्न पदमा १ सय २१ जनाले प्रतिस्पर्धा गर्दैछन् । त्यसमध्ये ७० जना निर्वाचित भएर आउने छन् ।

अध्यक्षमा वरिष्ठ उपाध्यक्ष स्वतः निर्वाचित हुने व्यवस्था रहेकोले अहिले निर्वाचनको मुख्य ध्यान वरिष्ठ उपाध्यक्षमा केन्द्रित भएको छ । निर्वाचनका लागि किशोर प्रधान र चन्द्रप्रसाद ढकाल दुई प्यान बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की व्याङकेट माइतीघर र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय छुट्टाछुट्टै रुपमा निर्वाचनको लागि मतदान हुनेछ । निर्वाचन समितिले पाँच किसिमका मतपत्र निर्वाचनको लागि प्रयोगमा ल्याउने निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए ।

एसोसिएट तर्फबाट ९ सय २३, वस्तुगत तर्फ एक सय तीन, जिल्ला नगरबाट एक सय सात, राष्ट्रियबाट १२ र संस्थागततर्फ १२ गरी कुल १ हजार १ सय ५७ मतदाता सहभागी हुने निर्वाचन समितिले जनाएको छ । मुलुकका व्यवसायीहरूको सबैभन्दा ठूलो संगठनको साधारणसभा भएकोले यसलाई चासोपूर्वक हेरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 411 times, 1 visits today)

epaper

ताजा समाचार

‘गौँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड