जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

पर्वत । कुश्मा नगरपालिका-६ शिवालय चोकबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीलाई नगद ७६ हजार ९ सय ६५ रुपैयाँ, तास र जुवा खेल्न प्रयोग भएको कम्बलसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कुश्मा नगरपालिका-४ बस्नेहरु २७ वर्षीय पवन गुरुङ, ४० वर्षीया सुन कुमारी गुरुङ, सोही नगरपालिका-९ बस्ने ५५ वर्षीय गोबिन्द अधिकारी, सोही नगरपालिका-५ बस्ने ४८ वर्षीया कुशा गुरुङ, सोही नगरपालिका(६ बस्नेहरु ५५ वर्षीय धर्मराज गुरुङ र ३७ वर्षीया शान्ति गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,241 times, 1 visits today)

epaper

ताजा समाचार

दिपक भट्टको कम्पनीमा श्रीमतीको सेयर रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरद्वारा स्वीकार