नेकपा नेता प्रभु साहसँग स्पष्टीकरण माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ का पार्टी अध्यक्ष एवं केन्द्रीय सदस्य प्रभु साहलाई स्पष्टीकरण सोधेको छ । पार्टीका महासचिव विष्णु पौडेलले अध्यक्ष साहलाई सोधेको पत्रमा भनिएको छ, ‘तपाईलाई पार्टीका वरिष्ठ नेता कमरेड माधव नेपालका विरुद्धमा सामाजिक सञ्जालमार्फत अनुचित र आधारहीन आरोप लगाउनुको कारण के हो ? तपाईंलाई पार्टीले किन कारबाही नगर्ने ? केन्द्रीय सचिवालयको निर्णयअनुसार तपाईंलाई स्पष्टीकरण सोधिएको छ ।’

शनिबार बसेको सचिवालय बैठकले प्रदेश २ का अध्यक्ष साहलाई स्पष्टीकरण सोध्ने निर्णय गरे पनि पत्र आइतबार पठाएको छ । अध्यक्ष साहले आफूलाई स्पष्टीकरण सोधिएको पत्र प्राप्त भएको तर त्यस’bout अहिले कुनै टिप्पणी नगर्ने बताए । गत २६ माघमा नेता साहले सामाजिक सञ्जाल फेसबुकमार्फत ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्यास्पद भएको भन्दै टिप्पणी गरेका थिए ।

उनले प्रधानमन्त्रीय शासन प्रणालीमा प्रधानमन्त्री सर्वेसर्वा हुने तर भ्रष्टाचार गरे कानुन नलाग्ने व्यवस्था गलत भएको भन्दै आलोचना गरेपछि उक्त विषय नेकपा सचिवालय बैठकमा प्रवेश भएको थियो । एक जना सचिवालय सदस्यका अनुसार नेता साहको स्टाटस वरिष्ठ नेता माधवकुमार नेपालप्रति लक्षित रहेको तथा त्यसबाट नेता नेपालको अपमान भएको पार्टी सचिवालयको ठहर छ । तर, सचिवालय बैठकमा यस विषयमा लामो चर्चासमेत भएको थियो । महासचिव विष्णु पौडेलले पत्र काट्नुभन्दा अगाडि एक नेताले साहको बचाउ पनि गर्न खोजेका थिए । पार्टीका नेताप्रति लक्षित नभइ नेता साहले भ्रष्टाचारको विरुद्धमा आवाज उठाएको तर्क गरे पनि सचिवालयका अधिकांश सदस्यले यसलाई गलत ठहर गरेका थिए । भ्रष्टाचारविरुद्ध बोल्नु नै नेता साहको ठूलो दोष रहेको सचिवालयको ठहर छ । एक केन्द्रीय सदस्य भने,

‘प्रभु कमरेडले भ्रष्टाचार र बेथितिको विरुद्ध बोल्नुभएको हो । उहाँले न्याय प्रणालीले गलत गर्ने प्रधानमन्त्रीलाई बक्सिनुहुँदैन भन्ने कुराको उठान गर्नुभएको हो । त्यो एकदम सही हो र हामी त्यसको समर्थन गर्छौं । तर भ्रष्टाचारमा मुछिएका नेतालाई स्पष्टीकरण माग्नुको सट्टा भ्रष्टाचारको विरुद्धमा बोल्नेलाई किन विरोध गरिस् भनेर प्रश्न सोध्नु गलत हो । हामी यसको विरुद्धमा पार्टीमा आवाज उठाउँछौं ।’

नेता साहले प्रधानमन्त्रीलाई पनि कानुनी दायरामा राख्नुपर्ने व्यवस्थाको माग गरेका थिए । अख्तियारलाई गरिएको आलोचनाप्रति नेकपा सचिवालयको जवाफ हो भनिएकाले अख्तियार नेकपाबाट सञ्चालित भएको पुष्टि हुन्छ । त्यस्तो होइन र भ्रष्टाचारमा मुछिएका नेतालाई जोगाउनलाई हो भने यसबाट नेकपाको चरित्र पुष्टि हुन्छ ।

ललिता निवास जग्गा प्रकरणमा आएको यो नयाँ मोड नागरिक समाज एवं बौद्धिक वर्गमा अहिले चर्चाको विषय बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 351 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?