विहेका गाडी र शबबाहन सिमामा आवत जावत गर्न पाउने

सर्लाही । सर्वपक्षिय संघर्ष समितिलेको माग अनुरुप अब सर्लाही जिल्लामा पर्ने नेपाल भारत सिमा नाकाबाट एम्बुलेन्स, बिहेको गाडी र शव बाहनकले आवत जावत गर्न पाउनेछन् ।

प्रशासनले उक्त निर्णय गरेपछि सर्वसाधारणले राहतको महसुस् गरेका छन् । नेपाल भारत सिमा बन्द रहेको र वर्षौदेखि निर्माणधिन हुलाकी राजमार्ग र अन्य सडकहरु गुणस्तरहिन भएको भन्दै सर्वपक्षिय संघर्ष समितिले आन्दोलन गरेको थियो ।
जिल्ला समन्वय समिति सभापती तथा सर्वपक्षिय सघर्ष समिति, सर्लाहीका संयोजक मेथुर चौधरीका नेतृत्वमा भएको दवावमुलक कार्यक्रमपछि नेपाल भारत सिमा खुल्ला गर्न, हुलाकी राजमार्ग निर्माधिन सडकको स्तरोन्नती गर्ने सहमति प्रशासनले जनाएको छ ।

संघर्ष समितिले हुलाकी राजमार्ग लगायत अन्य शाखा सडक र पुलको गुणस्तरको छानबिन गर्दै हुलाकी राजमार्ग बनाउँदा बाटोमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउन माग गरेको थियो । माग पुरा नभए आन्दोलन थप चर्काउने संयोजक चौधरीले बताए ।

बिहान साढे ११ बजे जिल्ला विकास फिल्डबाट मोटरसाइकल -याली सहित सिमा नाका परिक्रमा गरी पुन जिल्ला विकास चोक स्थित सहिद चोकमा कोण सभामा गरेका थिए । आउदो मंसिर २९ गते बेलुका ५ बजे जिल्लाको २० वटै पालिकामा मशाल जुलुश, मंसिर ३० गते सदरमुकाम मलंगवा पूर्ण रुपले बन्द गर्ने र पुस १ गते सर्लाही जिल्ला पूर्ण रुपले बन्द गर्ने संयोजक चौधरीले जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री महेन्द्र राय, संघिय सांसद तथा पूर्व खेलकुद राज्यमन्त्री चन्दा चौधरी,संघिय सांसद प्रमोद साह,रुहीनाज मिकरानी, पूर्व सांसद जंगीलाल राय,शिवपुजन राय यादव, किरण देवी यादव, प्रदेश सभा सदस्य गौरी नारायण साह सहभागी थिए । अशोक यादव,उपेन्द्र महतो, मलंगवा नगरपालिकाका नगर प्रमुख निरशल साह, हरिपूर्वा नगरप्रमुख सियाराम राय, पर्सा गाउँपालिका प्रमुख किशुनदेव राय, उद्योग बाणिज्य संघ, निर्माण व्यवसायी संघ, नागरिक समाजका अगुवा लगायत विभिन्न पार्टी प्रतिनिधि तथा स्थानिहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 374 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन