कावासोती ३३/११ केभिए सवस्टेसन ट्रान्सर्फरमरको स्तरउन्नती

काठमाडौं । बहुप्रतिक्षित कावासोती ३३/११ केभिए सवस्टेसन ट्रान्सर्फरमर स्तरउन्नती एवं निर्माणको काम सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको पिटिएसडि प्रोजेक्ट अन्तर्गत आरके इन्टरनेसल एण्ड मुडभरी जेभीले ठेक्का पाएको कावासोती ३३/११ केभिए सवस्टेसनको २४ एमबिए ट्रान्सर्फरमर बुधबार दिउँसो ३ बजेदेखि पुरा लोडमा र्चाज भएको हो ।

यस ट्रान्सर्फरमरको स्तरउन्नती भई विद्युतीय प्रसारण लाइनमा जोडिएसँगै अब कावासोती सवस्टेसन अन्र्तगत पर्ने विभिन्न गाउँपालिका र सो अन्र्तगतका होटल उद्योगहरुमा पावर ट्रिप हुने, पटक पटक विद्युत जाने लगायतका समस्या समाधान भएको छ ।

यस कार्यकालागि नेपाल विद्युत प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्य, उप कार्यकारी निर्देशक हरेराज न्यौपाने,आयोजना प्रमुख सुरज भुजु र कावासोती सवस्टेसनका प्राविधिकहरुको उल्लेखनिय सहयोग प्राप्त भएको सो आयोजना अन्र्तगतको आरके इन्टरनेसल एण्ड मुडभरी जेभी का प्रतिनिधी राहुल अग्रवालले जानकारी दिए । उनले आगामी २ दिन भित्रमा यस क्षेत्र नजिकैको मुकुन्दपुर सवस्टेसन पनि चार्ज हुने चरणमा रहेको जानकारी गराए ।

निर्माण कम्पनी आरके इन्टरनेसल एण्ड मुडभरी जेभीले जानकारी गराए अनुसार नवनिर्मित यस सवस्टेसन ट्रान्सर्फरमरबाट विद्युत वितरण सुरु भएसँगै अहिले यहाँका अधिकांश स्थानीय ग्राहकले भरपर्दो विद्युत सेवा पाएका छन् । सवस्टेसन ट्रान्सर्फरमर अभावमा यसअघि यहाँका स्थानीय उद्योगी व्यवसायीले पटक–पटक विद्युत् सेवा अवरुद्ध हुने समस्या भोग्दै आएका थिए ।

अब त्यो समस्याबाट स्थानीयवासीले मुक्ति पाएको निर्माण कम्पनीको दावी छ । यस सवस्टेसनको ट्रान्सर्फरमर पुरा लोडमा र्चाज भएर सञ्चालनमा आएपछि अब यहाँ विगतका दिनहरुमा जस्तो प्रसारण लाईनको एक स्थानमा समस्या हुँदा सबैतिर अँध्यारो हुने छैन । अब यसले प्राविधिक चुहावट कम हुने छ भने उद्योग सञ्चालनका लागि विद्युत सेवा नियमित उपलब्ध हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ