सर्लाही । सर्लाहीमा शसस्त्र प्रहरीले पाँच लाख नगद सहित एक हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । मलंगवा नगरपालिकामा ५ लाख १ सय नगद रुपैँया सहित एक भारतिय हुण्डी कारोवारी पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला सोनवर्षा ग्राम पंचायत वडा नं. १३ बस्ने ७०, वर्षिय गणेश महतो रहेका छन । भारतको सोनवर्षा बजारबाट मलंगवा तर्फ अवैध रुपमा आउँदै गरेको महतोलाई मंगलवार पक्राउ गरिएको हो ।
मलंगवा – ९, सिमावर्ती क्षेत्रमा शंका लागि चेकजाँच गर्दा उक्त परिमाणको रकम सहित भारतिय नागरिक महतोलाई पक्राउ गरिएको शसस्त्र प्रहरी जिल्ला सुरक्षा वेश क्याम्प मलंगवाका प्रहरी निरिक्षक संजित सिंहले जानकारी दिए । ।
पक्राउ परेका महतो ,नगद रुपैया आवश्यक कार्वाहीको लागि मंगलवार नै जिल्ला भन्सार कार्यालय मलंगवामा पठाईएको प्रहरी निरिक्षक सिंहले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)






