काठमाडौं । सुनका गरगहना सहित चोरीमा संलग्नलाई सोर्हखुट्टे प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका २ घर भएकी माइली तामाङको घरको कोठामा रहेको गहना चोरीमा संलग्न राजन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
काभ्रेपलाञ्चोककै राजन तामाङले चोरीका गहना ठमेलस्थित ड्यागन डान्सबारमा राखेका थिए । प्रहरीले पक्राउ गरेपछि सोधपुछको क्रममा राजनले गहना चोरेर स्वीकारेका थिए ।
त्यस्तै ओखलढुंगा सिद्धिचरण नगरपालिका बस्ने देबराज दाहाल सुन जस्तो पहेलो धातुसहित पक्राउ परेका छन् । सिन्धुपाल्चोकका रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोकका राम तामाङ, हुमबहादुर र राजन तामाङलाई चोरी अभियोमा पक्राउ गरेको छ ।
महानगरीय प्रहरीवृत्त सोर्हखुट्टेमा डिएसपी दिपक खड्काले नेतृत्व सम्हालेपछि चोरी तस्करीमा संलग्नहरु कार्वाहीको दायरामा आउन थालेको स्थानियको भनाई छ ।
तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)






