भाँडभैलोमा नेपालको राजनीति

अव्यवस्थित वा अनुशासनहीन तरिकाले गरिने काम कुरालाई भाँडभैलो भनिन्छ । भाँड एउटा समूह हो, जसले आफूले राम्रो काम गर्दैन अनि अरूको काम पनि बिगार्दछ । भाँडहरू हाम्रो काम के हो, कर्तव्य के हो, जसको खोजी गर्दैनन् अनि खालि भँड्याउने, भट्याउने, उटपटयाङ् कार्य मात्र गर्न तम्सिन्छन् । भाँडको कुनै गन्तब्य हुँदैन, उद्देश्य हुँदैन र खालि भड्याउँदै हिँड्छन् । नेपालीमा एउटा उखान प्रचलित छ, ‘भाँडभैलो उचाल थैलो’ यसको मतलब भाँडहरू केही काम नपाए थैलो उचालेर हल्लाउँदै हिँडछन् र कसरी अरूको काममा बाधा व्यवधान हालेर आफ्नो चाहना पूरा गर्न सकिन्छ त्यही खाजेका हुन्छन् । अहिले नेपालको राजनीति पनि अत्यन्तै भाँडहरूले खेल्ने भैलाको रूपमा चलेको छ । यसमा जनसरोकारको कुनै सम्बन्ध छैन । कम्युनिस्टले फलाक्ने कार्यनीति र रणनीति पनि केही छैन । अहिले नेपालको राजनैतिक भाँडभैलोलाई निम्न बुंदामा केलाउने प्रयास गरिएको छ ।

व्यक्तित्वको टकराव:
नेपालले प्रजातन्त्र प्राप्तिपछि गुणात्मकभन्दा संख्यात्मक रूपमा नेताहरू निर्माण ग¥यो । अझ स्पष्ट भन्नुपर्दा नेपालमा अरू प्रगति धेरै नभए पनि नेपालले बहुदल र गणतन्त्र आइसकेपछि नेताको कारखाना नै तयार ग¥यो । अनि नेता तयार भैसकेपछि आफूले देश र जनताका लागि गर्ने काम र कर्तव्यको रूपरेखा तयार गर्नुभन्दा पनि म कति ठूलो र मेरो पद के हो ? मैले पाउने सुविधा के हुन् ? र म कति र कोभन्दा ठूलो त्यो हिसावकिताब गर्न लागे जसलो गर्दा जनताका दुःख र समस्याको कुनै लेखाजोखा भएन र उनीहरू केवल आफ्नो र आफ्नो परिवारको फाइदा र बेफाइदामा तल्लिन भइरहे र यसले कसैले कसैको मर्यादाको ख्याल गरेन र राष्ट्रिय पार्टीहरूलाई भाँडभैलातिरतिर डो-यायो ।

भूपूको व्यवस्थापन:
नेपालमा २०४६ सालमा बहुदल र २०६२÷६३ सालको गणतन्त्रपछि धेरै सरकारहरू फेरिए यसरी सरकार फेरिँदा धेरै नेताले प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायत महŒवपूर्ण पदहरू प्राप्त गर्ने अवसर पाए यसले गर्दा भूपूको डंगुर नै लाग्यो । अनि कति पटक, कुन उमेरसम्म पार्टी सभापति, प्रधानमन्त्री हुने कुनै नियम बनेन । पदमा हँुदा र छोडेपछि प्रशस्त राज्यबाट सुविधा पाउने कानुनी लचकताले गर्दा हरेक नेताको कुनै न कुनै रूपमा प्रधानमन्त्री, सभामुखलगायत शक्तिशाली पद प्राप्त गर्नतिर लागिरहे । पद प्राप्त गर्ने क्रममा उनीहरू सोझा,ब ाङ्गा बाटाहरू र दलबदल, हानथाप, छिनाझप्टी जे गर्न पनि पछाडि परेनन् यसले रानीतिलाई झन् भाँडभैलोतिर डो¥यायो । कतिपय मुलुकहरूमा महŒवपूर्ण पदको अवधि र सिमा अनि सुविधा तोकेको हुन्छ तर नेपालमा त्यस्तो भएन । भूपूको डम्पिङ साइड बनेको नेपालका भूपूहरू आफ्नो सास छउन्जेल प्रधानमन्त्री, पार्टी सभापति बन्न मरी मेटे । नेताले नयाँ पिँढीलाई राजनीतिकरूपमा मेन्टरिङ गरेर पद छोड्नुभन्दा जहिले पनि आफ्नै लागि भूुमिका बनाउने र बार्गेनिङ्मात्र गरिरहे, नयाँ पिँढीलाई उनीहरूले अवसरका लागि खुट्टा टेक्नै दिएनन् तर सर्वसाधारणका लागि यो कुरा ग्राह्य रहेन र राजनीति भाँडभैलोतिर डोरियो ।

अवकाशपछिका सुविधा :
कतिपय मुलुकहरूमा पदबाट अवकाशपछि जतिसकै ठूलो पदमा पुगेको व्यक्ति भए पनि उसले आफ्नै तरिकाले जीवन बिताउनु पर्ने अवस्था रहन्छ,, यसको ज्वालन्त उदाहरण अमेरिकी राष्ट्रपति बाराक ओबामालाई लिन सकिन्छ । उनी वौद्धिक मान्छे थिए, राज्यबाट पदको अवसर खाजेमा जहाँ जे पनि पाउन सक्ने अवस्था हुँदाहुँदै अवकासपछि उनले जिउनका लागि कम्पनीमा जागिर खोजे न त उनले सेवामा रहँदा धन आर्जन गरे । तर नेपालमा प्रधानमन्त्री, राष्ट्रपतिलगायत महŒवपूर्ण पदबाट अवकास भइसकेपछि उसको पैतृक सम्पत्ति जति भए पनि उसलाई प्रशस्त मोजमस्तीको सुविधा दिने नियम रहेको छ । उसका लागि सुरक्षा गार्ड, घरमा काम गर्ने नोकर चाकरदेखि, सवारी साधन इन्धनसुविधा लगायत निरन्तर उसले पावरको अभ्यास गर्ने मौका पाउँदछ यसले गर्दा ऊ अवकास प्राप्त जीवनमा पनि सक्रिय भएर राजनीतिक हस्तक्षेपमा लागि रहन्छ यो अर्काे राजनीतिक भाँडभैलोको दृष्टान्त हो ।

दुई तिहाइको पार्टी र सरकार यसरी राजनीतिक भाँडभैलोमा लागेर रमाउने हो भने सडकमा विकल्पका बाजा बज्नुलाई अन्यथा ठान्न मिल्दैन

लाभको पदका रूपमा राजनीति:
राजनीति सेवाको पद हो, यो कुरा विश्वव्यापी शाश्वत मान्यता नै हो । राजनीतिज्ञले आफूलाई जनताको नोकर भन्न पनि पछि पर्दैनन् । तर नेपालमा राजनैतिक पद सेवाको नभएर तलब खाने लाभको पद बनाइयो । ७ सय ५३ वटा स्थानीय निकाय, सात वटा प्रदेश र केन्द्र सरकारमा निर्वाचित सबैका लागि तलबको व्यवस्था सरकारले ग¥यो । कानुनी र गैरकानुनी रूपबाट सुविधा आर्जन गर्ने धेरै ठाँउहरू रहे, त्यति मात्र नभएर अबैध सम्पत्ति आर्जनका धेरै सिधा र घुमाउरा बाटाहरू देखिए, यसले गर्दा नेपालको राजनैतिक पद पूर्णतयाः लाभको पदको रूपमा परिणत भयो । यहाँका वडा सदस्यदेखि माथिका जोसुकै चुनाव जित्नेबित्तिकै सबै पदमा रहेकाले खरिदारदेखि विशिष्ट श्रेणीको तलब पाउने लाभका पदाधारीमा परिणत भए । उनीहरूलाई कुनै योग्यता, क्षमताको आवश्यकता नै नपर्ने भयो । यसरी राजनीति लाभको पदका रूपमा परिणत हँुदा त्यो पदमा पुग्नका लागि प्रशस्त पैसा खर्च गर्नुपर्ने भयो यसले चुनावमा बढी खर्च, अनियमितताका साथै चुनाव जित्नका लागि जे गर्न पनि पछि नपर्ने देखिन थाल्यो यो अर्काे राजनीतिमा भित्रिएको भाँडभैलो हो ।

राजावादीको सक्रियतामा प्रजातन्त्रवादीको मौन समर्थन:
जब देशमा प्रजातन्त्रवादीहरू कमजोर हुन्छन् तब प्रतिक्रियावादी र पुनर्उत्थानवादीहरू सल्बलाउने विगतको नेपालको इतिहासले देखाउँछ । फेरि नेपालका पार्टीहरूको चरित्र समकक्षीसँगको प्रतिस्पर्धामा पुनर्उत्थानवादीको शरणमा जाने हिजोको सस्कार अझै यथावत छ । २०१७ सालको महेन्द्रको कदममा रायमाझी कम्युनिस्ट समूहले जयजयकार गर्नु यो एउटा उदाहरण थियो । अहिले भएको राजावादीको प्रदर्शनमा अघोषित रूपमा स्थानीयस्तरका प्रजातन्त्रवादीका कार्यकर्ताहरू हिन्दू राज्यको नाममा संलग्न रहनु एउटा राजनैतिक भाँडभैलो हो ।

तीस वर्ष पञ्चायती शासनकालमा आँखामा आँसु, नाकमा सिँगान चुहाउँदै प्रजातन्त्रको दुहाई दिँदै गल्लीगल्ली हिँड्ने प्रजातन्त्रवादीहरू अहिले ऊनै राजावादीहरूको दौराको फुर्का समातेर पछि पछि हिँडेका छन् । उनीहरूले भोलि केही गरी राजतन्त्र फर्केर आइहालेमा ‘टोक्ने सर्पले आफूँलाई पनि टोक्छ’ भन्ने कुराको ख्याल गरेका छैनन् । राजावादीहरू पनि हिन्दू राज्यका नाममा प्रजातन्त्रवादीलाई पछिपछि डो-याइरहेका छन् । अहिले सडकमा त्यस्तै नारा घन्किरहेका छन् । प्रजातन्त्रवादीको साथ पाएपछि राजावादीहरू पनि हौसिरहेका छन् ।

शक्तिनिहित सिद्धान्तको प्रयोग:
यो सिद्धान्तका प्रतिपादक किम्बल विल्स (सन् १९६४) मा गरेका हुन् । उनले सुपरीबेण शैलीमा यो सिद्धान्तको प्रतिपादन गरेका थिए भने अहिले यो राजनीतिमा उपयुक्त भएको छ । यसले आफूलाई अरूभन्दा ठूलो भन्ने मान्यता राख्दछ । अहिले ७५३ वटा स्थानीय निकायमा गाउँपालिकामा अधिकृत, नगरपालिकामा उपसचिव र उपमहानगरपालिकामा र महानगरमालिकामा सहसचिव स्तरका कर्मचारी प्रशासनिक कार्यकारिणी प्रमुखका रूपमा कर्मचारी रहने व्यवस्था रहेको छ । नेपालका राजनीतिज्ञ कर्मचारीमाथि हाबी हुने चलन परम्परादेखिको हो । फेरि कर्मचारी पनि आफ्नो मालदार ठाउँमा सरुवा र स्वार्थका लागि पद्धतिले काम गर्नभन्दा पनि राजनीतिज्ञको निजी सचिवका रूपमा कार्य गर्न श्रेयस्कर ठान्दछन् ।

प्रजातन्त्र प्राप्तिपछि गुणात्मकभन्दा संख्यात्मक रूपमा देखिएका नेताहरू देश र जनताका लागि गर्ने काम र कर्तव्यको रूपरेखा तयार गर्नुभन्दा पनि को कति ठूलो, के पद र सुविधा पाउने भन्ने हिसाबकिताबमा लागे

देशको हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेपले गर्दा कतिपय योग्यता, क्षमता नभईले मेनकाु रूपमा उदाएका राजनीतिज्ञहरूले आफूलाई शक्तिशाली ठान्दछन् । विद्यालय र स्थानीय निकायका तल्लो स्तरका कार्यालयहरू वडाअध्यक्ष र सदस्यको निर्देशनमा चल्नुपर्ने अहिलेको नियमले उनीहरूले प्रशस्तरूपमा शत्तिनीहित सिद्धान्को प्रयोग गर्न पाएका छन् । माध्यमिक प्रथम श्रेणीका सामूदायिक विद्यालयका प्रअ, पब्लिक क्याम्पसमा पढाउने प्राध्यापकहरूमाथि पनि ले मेनबाटु आएका स्थानीय निकायका पदाधिकारीले शक्तिको अभ्यास गर्न पाएका छन् । कम योग्यता भएका राजनीतिज्ञहरू आफूभन्दा बढी योग्यता र क्षमता भएका पेसाकर्मीमाथि हावी हृुन पाउनु र शक्तिको प्रयोग गर्नु पनि राजनीतिले ल्याएको एक किसिमको भाँडभैलो नै हो ।

स्वार्थका लागि मेलमिलाप:
राजनीतिक पार्टीको व्यक्तिगत स्वार्थ यति हावी भइदियो कि उनीहरू आफूलाई फाइदा हुने वेलामा र शक्तिमा पुग्न अनुकूल भए जहाँ जोसँग जे गर्न पनि पछि पर्दैनन् । यसको उदाहरूण हिजो पानी बाराबारको अवस्थाका प्रचण्ड, माधवकुमार नेपाल, वामदेव, झलनाथ खनालको मेलमिलाप र अर्कातिर बादल र ओलीको गठजोड यही नै हो । हिजो मन्त्री नपाएर सरकारको खोइरो खन्नेहरू मन्त्रीमण्डलमा गएपछि लम्पसार पर्नु पनि स्वार्थको मेलमिलाप हो । उता नेपाली कांग्रेसमा पनि यो संस्कार रहेको छ । मन्चमा र पार्टीकार्यालयका कार्यक्रममा रहँदा पानी बारबारको अबस्थामा रहेका देउवा र रामचन्द्र पौडेल गोविन्दराज जोशी र सिद्धराज ओझाको अनुशासनको कारबाहीमा टाउको जोडे । जोशीको शिरच्क्षेदन नगरेसम्म रामचन्द्रले कहिल्यैपनि टाउको ठड्याउन नपाउने कुरा स्पष्ट नै छ । तनहुँका तल्लो स्तरका नागरिकमा पौडेलभन्दा जोशी अगाडि रहेका अझै पनि सुनिन्छ । उता पंचायत कालकी धनुषाकी शारदा मल्ल बन्नबाट आरजुलाई रोक्ने कैलालीका सिद्धराज ओझा आरजुको निशानामा थिए । स्थानीयस्तरमा प्रभाव जे जुकैभएपनि उनीहरू कार्वाहीमा नपर्ने कुरै थिएन र यो स्वार्थको गठजोड थियो र यसले स्वार्थका लागि पार्टीहरूको गठजोड कस्तो हुँदो रहेछ भन्ने राम्रो उदाहरण पनि देखाएको छ ।

अहिले देश एउटा कठिन मोडमा उभिएको छ । एकातिर कोरोनाको महामारीले नागरिकहरू आज मरिने हो कि भोलि भनेर जीवन गुजारिरहेका छन् भने सरकार र प्रतिपक्षका महारथीहरू देश र जनताका सवालभन्दा पनि कसरी आफ्ना विरोधीको पत्तासाफ गरेर सधैका लागि बाटो खुला गर्ने रणनीतिमा तल्लिन छन् । दैनिकका कोठे र पार्टीका बैठकहरू देश र जनताको सवालमा भन्दा आँफू कसरी सत्तामा पुगेर कुर्चीमा बसेर भित्तामा नाम टासेर रमाउन, त्योबाहेक अरुतिर ध्यान दिएका छैनन् । २०१५ दुई तिहाइको सरकार माथीको संवैधानिक कु र अहिले २०७४ सालको दुई तिहाइको सरकार लरखराउनु नेपालको राजनीतिक भाँडभैलो नै हो । यदि यसरी राजनीतिलाई भाँडभैलोमा नै लागेर रमाउने हो भने सडकमा विकल्पका बाजा बज्नुलाई अन्यथा ठान्न मिल्दैन । यो कुरा हाम्रा नेताका कानमा प¥यो कि परेन यदि नपरेको भए कान ठाडा पारेर सुन्नका लागि सल्लाह छ ।

तपाइको प्रतिक्रिया
(Visited 749 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ