पार्टी फुटदैन, ओली सरकार पुरै टिक्छ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । खबरदार पार्टी फुटाउन पाइदैन, पार्टी फुटे अपार जनातको मन रुन्छ त्यसैले पार्टी फुटमा होइन जुटेरै अघि बढ्नुपर्छ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन खबरदारी गर्दै स्थानीयले सरकारको साखः जोगाउन आग्रह गरेका थिए ।

चन्द्रागिरी नगरपालिका १ वडाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुगेका मन्त्री श्रेष्ठलाई कार्यकर्ताले पार्टी फुटाउदा कार्यकर्ताको केही जादैन तर नेताको पद र सेवा सुविधा गुम्ने त होला नि भन्दै व्यङग गरेका थिए ।

सो क्रममा मन्त्री श्रेष्ठले पार्टी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै अब मिल्नुको विकल्प नभएको बताए । ‘तपाईहरु ढुक्क हुनुहोस, कुनैपनि हालतमा पार्टी फुट्दैन, फुट्न पनि दिदैनौ ।’ उनले भने ‘ केपी ओलीको सरकार पुरै अवधी टिक्नेछ ।’

उनले जनताको चाहना अनुसार विकास निर्माणका कामले तिब्रता लिएको दावी गर्दै जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको बताए । ‘मैले तपाईहरुले उल्लेख गरेको विषयलाई पार्टीको उच्च तहमा पु-याउने छु,’ मन्त्री श्रेष्ठले भन्नुभयो ‘आम कार्यकर्ताको सहयोगमा बनेको सरकार र पार्टी कुनै पनि हालतमा फुट्न दिदैनौ ।’

कार्यक्रममा वागमती प्रदेशका सांसद हरिशरण थापाले सरकार र पार्टीलाई बचाउन कार्यकर्ताको तर्फबाट सबै खबरदारी गर्नुपर्ने धारणा राखे । कार्यक्रममा चन्द्रागिरी नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले वडा र सो क्षेत्रको विकासका योजना’bout जानकारी गराएका थिए ।

उनले अबको समय विकास निर्माणको समय भएको बताउदै सरकारले आफ्नो क्षेत्रका सांसदले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने ‘अहिलेको सरकारले विकासको कामलाई तिब्रता दिएको छ, यस्लाई निरन्तर रुपमा अघि बढाउनुपर्छ ।’ स्थानीय निकायका पदाधिकारीले पनि विकास निर्माणको कामलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने धारणा राखे ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ