अवार्डलाई टर्किस एयरलाइन्सको साथ

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्ड २०७६ को सहप्रायोजक (एयरलाइन्स पार्टनर)को रूपमा मंगलबार टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ ।

स्पोर्टस अवार्डका लागि टर्किस एयरलाइन्ससँग लगातार दोस्रो वर्ष भएको सम्झौता हो । मञ्चका महासचिव प्रज्वल ओली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टुन्चर केसीसीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुष र महिला विजेताले दुईतर्फी हवाई टिकट प्राप्त गर्नेछन् । कार्यक्रममा टर्किस एयरलाइन्स नेपालका महाप्रवन्धक अब्दुल्लाह टुन्चर केसीसी खेलाडी र युवाहरूको प्रोत्साहनका लागि नेपाल खेलकुद पत्रकार मञ्चले अवार्ड कार्यक्रम आयाजना गरेर यो सराहनीय कार्य गरेको र त्यसमा हामी पनि जोडिन पाउँदा खुशी लागेको बताए । नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओलीले टर्किस एयरलाइन्ससँग लगातार दोस्रो वर्ष सहकार्य गर्न पाउँदा मञ्च परिवार खुसी रहेको बताए ।

पल्सर स्पोटर््स अवार्ड कार्यक्रम पुस २८ गते हुनेछ । १७औं संस्करणको अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनसमेत सार्वजनिक भइसकेको छ । पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिसँग प्रायोजन सम्झौता नवीकरण गर्नुका साथै पिपल्स च्वाइस विधाको भोटिङका लागि ई–सेवासँग पनि सम्झौता भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ परेका छन् ।

विगतका वर्षमा जस्तै यसपल्ट पनि उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रूपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिने छ । अवार्डलाई सहप्रायोजनको रूपमा सूर्य नेपाल प्रालि, रुस्लान, कामारु टे«डिङ प्रालि (अन्तर्राष्ट्रिय ब्रान्ड केल्मीको आधिकारिक बिक्री वितरक केल्मी नेपाल), टर्किस एयरलाइन्स, रोयल सिंगी होटल, होटल क्राउन प्लाजा, इमेजिङ रहनेछन् । अवार्डलाई युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको समेत सहयोग रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

epaper

ताजा समाचार

मतदातासँग गगन थापाको आग्रह : मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ