दाङमा बलात्कारको आरोपमा २ जना पक्राउ

सांकेतिक तस्वीर

तुलसीपुर । बलात्कार गरेको आरोपमा दाङमा दुई जना पक्राउ परेका छन् । बिहीबार राति ९ बजे घरमा सुतिरहेकी १७ बर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा बबई गाउँपालिका–५ बगरपुर निबासी २८ बर्षका सुनिल कुमाल पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

आरोपीलाई बिहानै घरबाट पक्राउ पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । बलात्कारका कारण रक्तश्राव भएपछि पीडित किशोरीको तुलसीपुरको एक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी गएको भदौ २५ गते बलात्कार गरेको आरोपमा तुलसीपुरमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर पालिका–७ मटेरा निबासी २८ बर्षका रमण ओली रहेको प्रहरीले जानकारी दिएको छ । ओलीलाई पीडितले जाहेरी दिएको आधारमा पक्राउ गरेको डिएसपी सिंहले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी