भिडियोमा क्यारम त नि भन्दै राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमाल पछिल्लो समय म्युजिक भिडियो व्यस्त देखिएको छ । यसैक्रममा उनले गायीका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको गीत ‘क्यारम त नि…’को भिडियोमा अभिनय गरेका छन् । यो गीतको भिडियो शुक्रबार रिलिज भएको छ ।

सरोज गौतमको प्रस्तुति रहेको गीतको भिडियोमा अभिनेता हमालको साथमा प्रतिमा कँडेल, उत्तम केसी र नारायणबहादुर पाण्डेको अभिनय रहेको छ । यसमा हमाल नृत्यप्रधान भूमिकामा छन् ।

गीतको शब्द र संगीत भीम बिसीको, एरेन्ज पुष्कर सुनवार र मिक्सिङ मास्टरिङ दीपकराज विश्वकर्माको रहेको छ ।
देवेन्द्र पान्डेको निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहालको, सम्पादन विकास दाहालको रहेको छ । जसमा नृत्य निर्देशन राजाराम सिम्खडाको छ । गीतको भिडियो डीएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरी स्कुलका भ्रष्टाचार अभियुक्तलाई थुनेरै अनुसन्धान