अन्सिकाले जितिन् मिस युनिभर्स नेपाल २०२० को ताज

काठमाडौं । मिस युनिभर्स नेपाल २०२० को उपाधि अस्ट्रेलिया निवासी, वर्ष २४ की अन्सिका शर्माले जितेकी छन् । उनले मिस फेयर्सको उपाधि पनि पाइन् । होन्डा नेपालको प्रस्तुतमा आयोजित मिस युनिभर्स नेपाल २०२० को उपाधिसँगै शर्माले १० लाख रुपैयाँ, १५ लाख बराबरको क्राउन पनि जितेकी छन् । शर्माले अब मिस युनिभर्सको मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने छिन् । मिस युनिभर्स प्रतियोगिता आगामी अप्रिल वा मे महिनामा हुनेछ ।

यस्तै, सो प्रतियोगितामा फस्ट रनर अप सुजिता बस्नेत घोषित भइन् । त्यसैगरी, नीनाकान्त मण्डल सेकेन्ड रनरअप, दिक्ता थापा थर्ड रनर अप र न्यान्सी खड्का फोर्थ रनर अप बन्न सफल भए ।

यस्तै, अन्य उपाधितर्फ नीनाकान्त मण्डलले मिस ब्रेभ बोल्ड ब्युटीफुलको उपशीर्षक हासिल गरिन् भने सुजिता बस्नेतले व्यञ्जन मिस लाइफस्टाइल र न्यान्सी खड्काले मिस फ्याबुलसको उपशीर्षक हासिल गरिन् ।

उत्कृष्ट १८ सहभागीले स्विमसुट लगाएर आफ्नो परिचय दिँदै उत्कृष्ट १० मा पुगेर सबै जनाको प्रशंसा पाउन सफल भए । नीनाकान्त मण्डलले भने ब्रेभ, बोल्ड र ब्युटीफुल सोसल एड्भोकेसी उपाधि हासिल गरेर उत्कृष्ट १० मा आफ्नो स्थान पहिले नै सुरक्षित गरेकी थिइन् । स्विमसुट राउन्डपश्चात् फिनालेमा निर्णायकहरूले उत्कृष्ट १० मा ५ जना सहभागी छनोट गरे भने बाँकी ४ भने दर्शकको भोटबाट छनोट गरिएको थियो ।

हप्तौंदेखिको भर्चुअल तालिम र प्रतिस्पर्धापश्चात् मिस युनिभर्स नेपाल २०२० को अन्तिम प्रतिस्पर्धा काठमाडौंको मेरिएट होटेलमा सम्पन्न भएको हो । सुवेक्षा खड्का र रवि राजकर्णिकारद्वारा सञ्चालिन अन्तिम प्रतिस्पर्धामा विभिन्न विधाका व्यक्तिहरू निर्णायक थिए । यसअघि हिडन ट्रेजरले आयोजना गर्दै आएको यो प्रतियोगिता यसपटक हिडनभन्दा बाहिरको समूहबाट भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

‘लाली’ हराएको ‘बजार’