काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ५४१ जनाको स्वास्थ्य परीक्षण गर्दा ९१ महिला र १४१ पुरुष गरी २३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
अहिले देशभर ३ हजार ४५२ सक्रिय सङ्क्रमित छन् । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६९ हजार १८० पुगेको छ । पछिल्लो समय थप ३८६ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६३ हजार ७३४ पुगेको छ ।
त्यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९८४ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 368 times, 1 visits today)






