स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने शहीदहरुको स्मरण

शहीद दिवसः शहीद दिवसका उपलक्ष्यमा लैनचौर शहीद स्मारकमा पुष्प गुच्छा अपर्ण गर्न जानुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर: प्रदीपराज वन्त

काठमाडौं । प्रजातन्त्रको स्थापना एवं स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदहरुको सम्झनामा आज विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । प्रत्येक बर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी शहीद सप्ताह मनाउने गरिन्छ ।

तत्कालीन एकतन्त्रीय राणा शासन विरुद्ध स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने यिनै सपुतहरुको सम्झनामा हरेक बर्ष शहीद सप्ताह मनाउने गरिएको हो ।

यसै अवसरमा शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ । प्रभातफेरिपछि शहिद स्मारक लैनचौरमा रहेको शहिदहरुको शालिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले माल्यापर्ण गरे भने गृहमन्त्री रामबहादुर थापालगायत विशिष्ट व्यक्तिहरुले शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ