काभ्रेपलाञ्चोक । भूकम्प गएको ५ वर्ष पुग्नै लाग्यो । भूकम्पले जिल्लाका थुप्रै शैक्षिक संस्थाहरुलाई क्षति गराएको थियो । भूकम्पले क्षति गराएका केही विद्यालयको पुर्ननिर्माण भइसक्यो भने केहीको पुर्ननिर्माण हुदैँ छ र केहीको हुन बाँकी नै छ ।
भूकम्पपछिको विद्यालय पुर्ननिमार्णको कार्य अन्ति चरणमा पुगेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) काभ्रेले जनाएको छ । इकाईका अनुसार विद्यालय पुर्ननिर्माणको काम ९० प्रतिशत भइसकोको र बाँकी काम अबको एक वर्षमा सम्पूर्ण निर्माण काम सम्पन्न हुने जिल्ला आयोजना कार्यान्वयनको इकाई (शिक्षा)ले जनाएको छ ।
भूकम्पले क्षति गराएको सामुदायिक विद्यालयमध्ये १ सय ८२ वटा विद्यालयको पुर्ननिर्माण सम्पन्न भइसकेको छ भने २ सय २२ वटा विद्यालयको पुर्ननिर्माण भइरहेको इकाईले जनाएको छ ।
इकाईको अनुसार ४० वटा विद्यालय निर्माणाधिन अवस्थामा रहेको छ । केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा)मार्फत आर्थिक वर्ष २०७३/७४ र २०७४/७५मा मा ८ कोठे भवन ६ वटा, ६ कोठे भवन ५ वटा, ४ कोठे भवन १७ वटा, ३ कोठे भवन २२ वटा र २ कोठे भवन २१ वटा बनेका थिए । त्यस्तै आ.व २०७५/७६मा ४ कोठे भवन २० वटा, ३ कोठे भवन ७ वटा र २ कोठे २४वटा भवन बनेका थिए । आ.व २०७६/७७मा ४ कोठे भवन २० वटा, ३ कोठ भवन ३ वटा र २ कोठे भवन १० वटा बनेका छन् । हालसम्म ८ कोठे भवन १२ वटा, ६ कोठे भवन १० वटा, ४ कोठे भवन ७४वटा, ३ कोठे भवन ५४ वटा र २ कोठे भवन ७६ वटा बनेको जिल्ला आयोजना कार्यान्वयनको (शिक्षा) इकाईको तथ्याङकमा उल्लेख छ ।
जिल्लामा भूकम्पले क्षति गराएको ७० वटा शौचालयको पुर्ननिर्माण पनि केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले गरेको छ । भूकम्पले क्षति गराएको कक्षाकोठा निर्र्माणका लागि अनुमति प्रदान गरिएको ३ सय ७४ कक्षाकोठमध्ये हालसम्म निर्र्माण ३ सय ५० कक्षाकोठा निर्माण सम्पन्न भइसकेको छ भने २४ वटा कक्षाकोठा निर्र्माणधीन अवस्थामा रहेको इकाईको जानकारी छ ।
जिल्लाको सामुदायिक विद्यालयको पुनःनिर्माण योजनामा राष्ट्रिय एवं अन्तर्र्रािष्ट्रय सङ्घसंस्था तथा भारतीय दूतावासलगायतले सहयोग गरेका छन् । एडिबीको ऋण सहयोगमा जिल्लाका २८ वटा सामुदायिक विद्यालय निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै सरकारको विपद् व्यवस्थापन परियोजनाअन्तर्गत एडिबीकै सहयोगमा थप १९ सामुदायिक विद्यालयको पुनःनिर्माण हुने भएको छ । जसमध्येको १० विद्यालयको निर्माण ७० प्रतिशत सकिएको एकाइका इञ्जिनीयर सोभित श्रेष्ठले बताए । उनका अनुसार १९ विद्यालय पुनःनिमार्णका लागि रु ५१ करोड २४ लाख ३५ हजार ऋण सहयोग रहेको छ । बाँकी ९ विद्यालय पुनःनिर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको उनले जानकारी गराए ।
८३ विद्यालयलाई अझै पुर्ननिर्माणले छुन सकेन
विद्यालयको पुर्ननिर्माण कार्यक्रम अन्तिम चरणमा पुग्दा जिल्लाकै ८३ विद्यालयको भने अझै पुर्ननिर्माण हुन सकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग दाताले दिएको रकम सम्झौता गर्न ढिलाइ हुनु, विद्यालयका लागि उपुयक्त जमिन प्राप्त गर्न नसक्नु, विद्यालय छनोटमा ढिलाइ हुनु तथा विभिन्न प्राविधिक कठिनाइ जस्ता कारणले ती विद्यालय पुर्ननिर्माणमा पछाडी परेको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) प्रमुख पोखरेलले बताए । उनका अनुसार भौगोलिक विकटता, दक्ष कामदारको अभावले पनि पुनःनिर्माणमा प्रतिकूल प्रभाव परेको छ ।
जिल्लाको धुलिखेल नपामा ५०, पाँचखाल नपामा ७५, पनौती नपामा ६५, नमोबुद्ध नपामा ६५, बनेपा नपामा ६०, खानीखोला गाउँपालिकामा ८०, चौँरीदेउराली गाउँपालिकामा ७०, रोशी गाउँपालिकामा ७०, भुम्लु गाउँपालिकमा ७०, बेथानचोक गाउँपालिकामा ६० र तेमाल गाउँपालिकामा ६५ प्रतिशत सामुदायिक विद्यालयको पुनःनिर्माणको काम सकिएको इकाईले जनाएको छ । मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकामा पूर्ण क्षति भएका विद्यालयको पुनःनिमाणको काम आउँदो २०७७ भित्र सक्ने इकाईको योजना रहेको छ ।
जिल्लामा रहेका ५सय ८७ सामुुदायिक विद्यालयका ५ हजार २ सय १० कक्षा कोठा २०७२ को भूकम्पले प्रभावित भएका थिए । जसमध्ये ९ सय ५४ कक्षा कोठा पूर्ण रुपमा क्षति भएका छन् भने १४ सय ८३ कक्षा कोठा सामान्य क्षति भएको थियो ।






