पुरानो घाउमा आकाश र पूजाको जोडी

काठमाडौं । एउटा नयाँ चलचित्रको छायांकनमा रहेका अभिनेता आकाश श्रेष्ठले चलचित्र छायांकनबाट समय निकालेर एउटा नयाँ गजलको भिडियोमा मोडलिङ गरेका छन् ।

उनले अभिनेत्री अभिनेत्री पूजा शर्मासँग नयाँ गजल ‘पुरानो घाउ…’को भिडियोमा अभिनय गरेका हुन् । यो गजलको भिडियो बिहीबार रिलिज गरिएको हो । आधा दर्जनभन्दा बढी चलचित्रमा लगातार जोडी बनेका आकाश र पूजा यो भिडियोमा पनि युगल रूपमा प्रस्तुत भएका हुन् ।

भिडियोमा पूजालाई निकै आकर्षक तरिकाले तारिएको छ । गीतमार्फत गीतकारले प्रेमीले प्रेमीकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन भिडियोबाट प्रेरणा दिइएको छ । यो गजल निकै कर्णप्रिय भएकाले आफूले मोडलिङ गरेको अभिनेता आकाशले बताएका छन् । केही महिनायताबाट जोडीको रूपमा अभिनेत्री पूजा र अभिनेता आकाशले थुप्रै गीतको भिडियोमा अभिनय गरेका छन् ।

यो गजललाई गायिका अञ्जु पन्तले गाएकी हुन् । गजल पुरानो घाउलाई चन्द्र प्रसार्इं ‘परिस्कृत’ले लेखेका हुन् । सन्तोष श्रेष्ठले संगीत भरेको गजल माधुर्य बनेको छ । गजल सुन्दा आनन्द लाग्छ । गजलमा विष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ छ ।

इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा देवेन्द्र पान्डेको निर्देशन, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट