काठमाडौं । गायन प्रतियोगिता ‘ग्रान्ड सिंगिङ आइडल २०२० को विजेता घोषणा गरिएको छ । खुला गायन प्रतिस्पर्धामा सुमिका सदर विजेता भएकी छन् । यस्तै, फस्ट रनर अप आसिका गौतम, सेकेन्ड रनरअप इसान्त तब्दार, थर्ड रनरअप अबनम खान र फोर्थ रनर अप ऋतिका माझी भएका छन् ।
आरके इन्टरटेन्मेन्टले खुला रूपमा आयोजना गरेको सो प्रतियोगितामा बाल बालिकाबीच पनि गायन प्रतियोगिता भएको थियो । अनलाइनमार्फत गरिएको सो प्रतियोगितामा गायन तर्फ मोनिका तामाङले ग्रान्ड सिंगिङ आइडलको उपाधि जितेकी छन् । सो प्रतियोगितामा फस्ट रनर अप सुमिना हुमागाईं, सेकेन्ड रनर अप मिनिसा तामाङ, थर्ड रनर अप सरला श्रेष्ठ, फोर्थ रनरअप कला राई र फिप्थ रनरअप सुस्मा तामाङ बनेका छन् ।
गायनमा लाग्न चाहेका बालबालिका तथा विभिन्न उमेरका व्यक्तिहरूलाई यो क्षेत्रमा ल्याउन आफूहरूले यो प्रतियोगिता आयोजना गरेको कार्यक्रम आयोजक राम केसी ‘लक्की’ले बताए । विजेताहरूलाई अभिनेता राजेश हमाल, मोडल उरुषा जोशीलगायतले पुरस्कार प्रदान गरेका छन् ।
यो गायन प्रतियोगिताका निर्णायकहरूमा गायक आनन्द कार्की, संगीतकार सरोज प्याकुरेल, गायिका सरिता भारती, गीतकार मिनसागर लामा, राजेश थपलिया, आरबी लामा स्याङतान र गायिका डिका गुरुङ थिए ।
यस्तै, आरके इन्टरटेनमेन्टले नै नृत्य प्रतियोगिता पनि आयोजना गरेको थियो । सो प्रतियोगितामा बालबालिकातर्फ अभिमा तामाङ उत्कृष्ट भएकी छन् । यस्तै फस्ट रनरअप आयु खात्री, सेकेन्ड रनरअप कृति श्रेष्ठ, थर्ड रनरअप ताभिसा तामाङ र फोर्थ रनरअप प्रेयान्सु न्यौपाने भएका छन् ।
यस्तै नृत्य तर्फ नै खुला प्रतियोगितामा प्रत्युसा सुवेदी उत्कृष्ट भए । यस्तै फस्ट रनरुअप निभा शाक्य, सेकेन्ड रनरअप प्रनिता गुरुङ, थर्ड रनरअप मोनिका सुनुवार र फोर्थ रनरअप संगीन राई भएका छन् । यो नृत्य प्रतियोगिताको निर्णायकमा नृत्य निर्देशक भुवन श्रेष्ठ, रञ्जना श्रेष्ठ, राजिब बलामीलगायत थिए ।






