बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा न. ७ चडेपानिकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको ८ दिन पुरा भएको छ । अहिलेसम्म उक्त घटनामा संलग्न ब्यक्तिलाई प्रहरीले पत्ता लगाउन सकेको छैन् । यहि माघ २१ गते स्कूलबाट फर्किएपछि बेपत्ता भएकी भागरथीको शब २२ गते जंगलमा भेटिएपछि एसएसपी जनकराज पाण्डेको नेतृत्वमा सुक्ष्मढंगले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
आफुहरु अनुसन्धानको नजिक पुगेको र केहि दिनमै घटनाको सत्यतथ्य बाहिर ल्याउने तयारी भैरहेको बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रशाद अधिकारीले बताए । आफुहरुले घटनाको अत्यन्तै बिवेकपुर्ण तवरबाट अनुसन्धान गरिहेकाले अनुसन्धन साघुरिएको उनले बताए । उक्त घटनाको दोसी अब कुनैपनि हालतमा उम्कीन नसक्ने उनले बताए । प्रहरी अनुसन्धानको नजिक पुगेको बताएपनि को–को ब्यक्ति पक्राउ परेको भन्ने बिषयमा भने केहि खुलाएको छैन् । मृतक भागरथीको शब अझै पनि उनका आफन्तले बुझेका छैनन् । दोसीलाई पक्राउ गरि कारबाहि नगर्दासम्म शब नबुझ्ने आफन्तजनले बताएका छन् । उनको शब जिल्ला अस्पताल बैतडीको शबगृहमा राखिएको छ ।
आन्दोलन जारी
बलत्कारपछि हत्या गरिएकी भागरथी हत्या प्रकरणमा संलग्न ब्याक्तिलाई कारबाहिको दायरामा ल्याउन माग गर्दै बिहिबार पनि बैतडी जिल्ला सदरमुकाममा ¥याली निकालिएको छ । बिहान ११बजे साहिलेक बजारबाट सुरु भएको ¥याली गोठलापनि हुदैँ गढि पुगेको छ । जिल्ला स्थीत १दर्जनबढि बिद्यालयका बिद्यार्थी, बिभिन्न संघ/संगठनमा आवद्ध ब्यक्तिहरु, सामाजिक अभियन्ताका साथै सर्व–साधारणले ¥याली निकालेका हुन् । ‘भागरथीलाई न्याय देउ’ भन्दै बिभिन्न संघसंगठनका साथै सर्वसाधारण नागरिक दैनिक प्रर्दशनमा उत्रिने गरेकाछन् ।
उनिहरुले घटनाको अनुसन्धान गरिरहेको प्रहरीको अनुसन्धान प्रक्रियामा प्रभाव नपर्ने गरि प्रर्दशन गरिरहेको बताएकाछन् । दोसी पत्ता लगाउन खटिएका सुरक्षाकर्मिको अनुसन्धानमा थप बल पु-याउने ढंगले प्रर्दशन जारी राखेको भागरथीको न्यायका लागी भन्दै गठित संघर्ष समितिका सयोजक निशा भट्टले बताइन् । भागरथीको हत्यारा पत्ता लगाई कारवाहिको दायरामा नल्याएसंम्म प्रर्दशन जारी राख्ने उनले बताए । यसैगरी दशरथचन्द नगरपालिका वडा न. ९को ग्वाल्लेक र वडा न. ११को नागार्जुनमा ग्वाल्लेक प्रवासी युवा समाज, नार्गाजुन रणशैनि युवा क्लव र नार्गाजुन युवा संञ्जालले भागरथीलाई न्यायको माग गर्दै प्रर्दशन गरेको नागर्जुन रणशैनि युवा क्लवका अध्यक्ष बिरेन्द्र चन्दले बताए ।






