श्रीपञ्चमीको सान्दर्भिकता

सर्वप्रथम आजको दिनमा यो श्लोक पाठ गर्ने गरिन्छ: “सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी, हंसवाहन संयुक्ता विद्यादानं करोतुमे ।” यसरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीलाई श्रीपञ्चमीका रूपमा मनाइन्छ । यस पर्वलाई विद्याकी महान् अधिष्ठात्री सरस्वतीको पूजाको महान् दिवसका रूपमा लिने गरिन्छ । संसारमा मानवका लागि सबैभन्दा ठूलो धनविद्या नै हो । विद्या सबैभन्दा ठूलो हो । त्यसैले शास्त्रमा भनिएको पनि छ, ‘विद्याधनम् सर्वधनम् प्रधानम् ।’ यस दिन विद्यार्थी सरस्वती मन्दिर पुगेर सरस्वतीको पूजाअर्चना गर्छन्, विद्या र सद्बुद्धिको कामना गर्छन् ।

यसरी हाँसमाथि चढेकी, आफ्ना हातमा वीणा लिएकी, पुस्तक, माला र श्वेत वस्त्र धारण गरेकी, पद्माशनमा पद्ममाथि विराजमान भएकी सरस्वती सबैकी आराध्यदेवी हुन् । यसको साथै ब्रह्माको मुखबाट जन्मिएकी सरस्वतीको सौम्य स्वरूपको चर्चा पुराणमा छ । त्यही अनुरूपप्रतिमा विज्ञानका पुस्तकले नीति निर्देशन गरेर सरस्वतीको चित्रमूर्ति बनेका छन् । चार बाहुमा पुस्तक, जपमाला, वीणा र कमण्डलु धारण गरेकी, सेतो वस्त्र लगाएकी सरस्वतीको उभिएको मूर्ति बनाउने विधान विष्णुधर्मोत्तरमा छ । अग्निपुराणमा अक्षमाला, त्रिशूल, पुस्तक र कमण्डलु लिएको सौम्य स्वरूपकी सरस्वती माताको मूर्तिको वर्णन छ ।

सरस्वतीलाई मञ्जुश्रीका रूपमा पनि पुज्ने गरिन्छ । कसैकसैले ब्रह्मासँग जोडेर सरस्वती ब्रह्माकै श्रीमती हुन् भनेर देखाउने गरेका छन् । कुनै ग्रन्थमा ब्रह्माकै रूप हुन भनेको पाइन्छ । कसैले देवीको एउटा स्वरूप हो भत्रे गर्दछन् । कसैले सरस्वती भनेको दुर्गा हुन् वा उनैको रूप सरस्वती हो भनेको पनि पाइन्छ । महादुर्गाको रूपमा महासरस्वती, महालक्ष्मी, महाकालीजस्ता देवीहरू पर्दछन् भत्रे भनाइ पनि छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्देवी, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले सम्बोधन गरिन्छ । त्यस्तै देवीको सबै स्वरूपको एकै स्वरूप भनेको गायत्री हुन् भनेर पनि भनिन्छ ।

बौद्ध धर्मावलम्बीले सरस्वतीलाई ज्ञानको प्रतीक मानेर बोधिसत्व मञ्जुश्रीका रूपमा पूजाआजा गर्छन्

गायत्रीको उपासना नै देवीको उपासना हो भत्रे कुरा पनि छ । श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी, जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ । स्वर, संगीत, ताल, लयदेखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला आदिमा प्रेरित गर्ने महत्वपूर्ण शक्तिका रूपमा सरस्वतीको उपासना गरिने प्रचलन रहेको छ ।

चीनबाट आएर उपत्यकामा प्रवेश गरेको र यहीँ सहर बसालेकाले नै मञ्जुश्रीलाई देवीका रूपमा पुज्ने गरिएको हो । हिन्दु र बौद्ध धर्मावलम्बीको परम्परागत एकरूपतालाई नै यो पर्वले प्रस्ट्याएको पाइन्छ । यो पर्व नेपालबाहेक चीन, भारत, बर्मा, बंगलादेश तथा मौरिससमा पनि भव्यरूपमा सरस्वतीको आराधना र वसन्तोत्सवका रूपमा मनाइन्छ ।

हाम्रो देशमा यस चाडलाई हिन्दु र बौद्ध धर्मावलम्बीको संयुक्त चाड भत्रे गरिन्छ । बौद्ध धर्मावलम्बीले सरस्वतीलाई ज्ञानको प्रतीक मानेर बोधिसत्व मञ्जुश्रीका रूपमा पूजाआजा गर्छन् । नेपाल चीनलगायतका देशमा सरस्वतीलाई मञ्जुश्रीको नामले पूजा गर्ने परम्परा छ । हाम्री सरस्वती माता कस्ती भने सेतो हाँसमा बसेकी, वीणा र पुस्तक हातमा लिएकी, हेर्दा सुन्दर देखिने, बली नलिने, कलामा निपूर्ण, सेतो सारीमा सजिएकी विद्याकी खानी, माला धारण गरेकी, पद्मासनमा पद्ममाथि बसेकी सरस्वतीले श्रीपञ्चमीका दिन पृथ्वीमा आउने र विद्यार्थीलगायतका कला सिक्न चाहनेको गला र जिब्रोमा बसेर सहयोग गर्छिन् भत्रे जनविश्वास छ ।

भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौं नाममा सरस्वतीलाई पुकार्ने गरिन्छ । मन्जुश्रीले चीनबाट आएर उपत्यकामा बस्ती बसालेको कारण मञ्जुश्रीलाई सरस्वती देवी भनेर पूजिने गरिएको छ । यसर्थ यसैदिन सम्झनास्वरूप स्वयम्भू मञ्जुश्री सरस्वती, लाजिम्पाटको नील सरस्वती, क्षेत्रपाटीको सरस्वती, चोभारको सरस्वती, मैतीदेवीको मैतीदेवी, भक्तपुरको बागेश्वरी सरस्वतीजस्ता मन्दिर, ललितपुरको लेले सरस्वतीकुण्ड र भक्तपुरको ल्हासापाकोमा मेला लाग्ने परम्परा छ । विद्याकी देवी सरस्वती, मञ्जुश्रीलाई एकै स्वरूप मानी देशभर सरस्वती पूजाका दिन ससाना नानीलाई अक्षरारम्भ गराइन्छ भने चित्रकार नेवारमा चित्र लेख्ने थालनी गरिन्छ ।

अन्त्यमा भन्नुपर्दा वसन्तको पञ्चमी पछि गर्मी लाग्ने हुँदा यस दिनदेखि वातावरण परिवर्तन भयो भनेर बुझ्ने गरिएको छ । यसर्थ वर्षभरिमा सामान्यतया २४ ओटा पञ्चमी आउँछन् । तर, तीमध्ये चार पञ्चमीलाई भने महत्वपूर्ण मानिएको छ । त्यसमा नाग पञ्चमी, ऋषि पञ्चमी, विवाह पञ्चमी, वसन्त पञ्चमी वा श्रीपञ्चमी हुन आउँछन् । जसमध्ये श्रीपञ्चमी नै महत्वपूर्ण छ । विश्वमा सबैभन्दा ठूलो धन विद्याकी खानी भगवती सरस्वतीको विशेष पर्व पूजा गर्ने दिन भएको हुनाले यस दिनको महत्व धेरै छ । अन्य पञ्चमीमा श्री जोडिँदैन तर वसन्त पञ्चमीमा भने श्री जोडिनु सरस्वतीलाई सम्मान गरेर पद दिइएको हो ।

श्री शब्दले ऐश्वर्य, मान, सम्मान, मंगल, आदि भाव बुझाउँछ । यस दिनमा मानिसमा नयाँ सोचको विकास हुन्छ । सरस्वतीका ’boutमा एउटा श्लोक प्रचलनमा छ । जसले सरस्वतीका ’boutमा प्रस्ट पार्छ । जिबाग्रे वसते लक्ष्मी ब्रह्मरूपा सरस्वती जिब्राको अगाडि बसेकी ब्रह्मको रूप धारण गरेकी सरस्वतीलाई मेरो नमस्कार छ । शास्त्रमा पनि ‘विद्या धनम् सर्वधनम् प्रधानम्’ भनेर भनिएको छ । सरस्वती र लक्ष्मीलाई सँगै जोडेर हेर्ने पनि गरिन्छ । सरस्वती र लक्ष्मी दुवै एकैसाथ नबस्ने विश्वास गरिन्छ । ’cause उनीहरू एकअर्काका सौता हुन् भत्रे छ । विद्या भएका विद्वान् व्यक्तिमा सधैं पैसा र धनको अभावै अभाव रहेको हुन्छ भत्रे छ तर त्यो कुरा मिल्दैन विद्यावान मानिस कहिल्यै भोकै बस्नु पर्दैन ।

वसन्त पञ्चमीपछि सूर्य उत्तरतिर सरेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वास गरिन्छ

विद्या र सरस्वतीको महत्व हाम्रो मानव जीवनमा सधैं महत्वपूर्ण रहेको पाइन्छ । सम्पत्ति मात्र भएर बुद्धि नहुँदाको परिणमले मानिसको सम्पत्ति सत्यानास भएको र समाजमा मानिस पुनः गरिब र दरिद्रताले झनै दुःखमा परेका उदाहरण प्रशस्त छन् । त्यसैले पनि लक्ष्मी र सरस्वती दुवै मानव जीवनका लागि आवश्यक छन् । सरस्वती नै लक्ष्मी हुन् ’cause सरस्वतीले विद्या दिइन् भने लक्ष्मीको आफैं बास हुन्छ । जहाँ सरस्वतीको बास हुन्छ त्यहाँ लक्ष्मी एवं काली पनि बस्नुहुन्छ । यसको प्रमाणको रूपमा माता वैष्णोको दरबारमा सरस्वती, लक्ष्मी, काली यी तीनै महाशक्ति सँगैै बसेका छन् ।

हिन्दु समाजमा दुर्गा पूजाका दिनजस्तो महत्व हुन्छ उस्तै प्रकार वसन्त पञ्चमीका दिन सरस्वती पूजाको महत्व छ । यसैगरी तराईमा माटोको कलात्मक सरस्वती देवीको प्रतिमा मूर्ति बनाई ठूलो पूजा लगाउने प्रचलन छ । श्रीपञ्चमी, ऋतुराज वसन्तको आगमनलाई स्वागत गर्न हर्सोल्लासपूर्वक मनाइने पर्व हो । सस्वतीलाई यहाँ सृष्टिकर्ता ब्रह्माकी आदिशक्तिका रूपमा शिक्षाको प्रतीक मात्रे गरिन्छ । यस दिन विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्ने गरिन्छ । ब्रह्माको मुखबाट उदय भएकी सरस्वती सम्पूर्ण प्राणीकी वाग्देवी अर्थात् वाणीकी देवी हुन् ।

राजहंसवाहन भएकी यी देवीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन् । सेतो वस्त्रमा सजिएकी यी देवी सधैं मुस्कुराई रहन्छिन् र सम्पूर्ण मावन जातिलाई पनि मुस्कुराउन प्रेरित गर्छिन् । वसन्त पञ्चमीपछि सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वास गरिन्छ । यसकारण वसन्त सबैलाई मनपर्ने ऋतु पनि हो ।

तपाइको प्रतिक्रिया
(Visited 439 times, 1 visits today)

epaper

ताजा समाचार

फ्रान्स र स्पेनमध्ये को पुग्ला विश्वकप फाइनलमा ?