काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बिहीबार खुमलटारमा भेट गरेका छन् । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेका बेला दाहालले गौतमसँग झण्डै एक घण्टा भेटवार्ता गरेका हुन् ।
स्रोतका अनुसार भेटमा गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका थिए ।
उनले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा एकताबद्ध भइराख्न मद्दत पुग्ने बताएका थिए । साथै एकताको वातावरण बनाइराख्न समेत सक्रिय हुन भनेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)






