काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको दुई वर्ष पूरा हुँदा प्रतिनिधिसभामा गरेको सम्बोधनमा मुलुकमा खाद्यान्न उत्पादन उल्लेखनीय वृद्धि भएको बताए पनि प्रमुख खाद्यान्नका लागि सो अवधिमा १ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ । प्रधानमन्त्रीले खाद्यान्न वृद्धि भएको दाबी गरे पनि वास्तविक तथ्यांकमा भने त्यस्तो देखिँदैन ।
प्रधानमन्त्रीको दाबीलाई विश्वास गर्ने हो भने सो अवधिमा खाद्यान्नबापतको रकम बाहिरिने क्रम घट्नुपर्ने हो । तर, सो अवधिमा आयातबापतको रकम घट्नुको साटो बढिरहेको पाइएको छ ।
प्रधामन्त्री ओलीले संसद्लाई सम्बोधन गर्दै आफ्नो नेतृत्वको दुई वर्षे कार्यकालमा सिँचाइ सुविधामा विस्तार र कृषि मलमा बढाइएको अनुदानले खाद्यान्न उत्पादन उल्लेखनीय रूपमा वृद्धि भएको दाबीसमेत गरेका थिए ।
भन्सार विभागको तथ्यांकअनुसार साढे दुई वर्षको अवधिमा मुख्य चार खाद्यान्न वस्तुको आयातमा १ खर्ब २३ अर्ब ४५ करोड २ लाख ३९ हजार बाहिरिएको छ । विभागको तथ्यांकअनुसार गत अढाइ वर्षको अवधिमा चामल, मकै, गहुँ र जौ आयात गर्दा १ खर्ब २३ अर्ब ४५ करोड २ लाख ३९ हजार बाहिरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको दुई वर्षमा चामलका लागि मात्र ८१ अर्ब १८ करोड २३ लाख १९ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, मकैमा ३५ अर्ब ६८ करोड ५ लाख २७ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, गहुँका लागि ७ अर्ब १७ करोड ४६ लाख ९३ हजार रुपैयाँ, जांैका लागि २४ करोड ७ लाख रुपैयाँ बाहिरिएको छ ।
विभागले चालू आर्थिक वर्षको सात महिनाको तथ्यांकअनुसार चामल आयातका लागि मात्र १९ अर्बको ५ करोड ४९ लाख ३७ हजारको रुपैयाँ बाहिरिएको छ ।
यसैगरी, मकै आयातमा ९ अर्ब ५६ करोड ६७ लाख ८५ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, गहुँ ८४ करोड २९ लाख ५९ हजार रुपैयाँ र जौका आयातका लागि ४३ लाख ५२ हजार रुपैयाँ बाहिरीइएको छ ।
विभागको तथ्यांक अनुसार चामल, मकै, गहुँ र जांैमा आयातमा सात महिनाको अवधिमा जम्मा २९ अर्बको ४६ करोड ९० लाख ३३ हजार रुपैयाँ बाहिरिएको हो ।
विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा चामल, मकै, गहुँ र जांै आयातमा ४९ अर्ब ६७ करोड ३१ लाख ९३ हजार बाहिरिएको थियो । जसमा चालम आयतमा मात्र ३२ अर्ब ५९ करोड ५० लाख ५१ हजार रुपैयाँ बाहिरिएको थियो । मकैमा १२ अर्ब ९४ करोड ७० लाख ९५ हजार रुपैयाँ बाहिरिएको छ । यसैगरी, गहुँ आयातमा ४ अर्ब ११ करोड ८२ लाख ९५ हजार रुपैयाँ र जांै १२ करोड ७ लाख ५२ हजार बाहिरिएको थियो ।
यस्तै, विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा चामल, मकै, गहुँ र जौं आयातका लागि ४४ अर्ब ३० करोड ८० लाख १३ हजार रुपैयाँ बाहिरिएको थियो । जसमध्येमा चामल २९ अर्ब ५३ करोड २३ लाख ३१ हजार बाहिरिएको थियो ।
यसैगरी, मकै आयातमा १२ अर्ब ५५ करोड ४६ लाख ४७ हजार, गहुँ आयातमा २ अर्ब २१ करोड ३४ लाख ३९ हजार र जांैमा ७५ लाख ९६ हजार रुपैयाँ बाहिरिएको छ ।
आर्थिक वर्ष चामल आयात मकै गहुँ जौं
२०७६/ ०७७ महिना १९०५४९३७००० ९५६६७८५०० ८४२९५९००० ४३५२०००
२०७५/ ०७६ ३२५९५०५१००० १२९४७०९५००० ४११८२९५००० १२७५२०००
२०७४ / ०७५ २९५३२३३१००० १२५५४६४७००० २२१३४६७००० ७५९६०००
जम्मा ८११८२३१९००० ३५०६८५२७००० ७१७४६९३००० २४७०००००






