संघीयता सुदृढीकरणका लागि सार्थक पहल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासन प्रणालीको चुनौती समाधानका लागि १० वर्षीय रणनीतिक योजना निर्माणको गृहकार्य थालेर निकै सकारात्मक कार्य गरेको छ ।

दशकौंदेखि कुरिरहेको मेलम्चीको खानेपानी काठमाडौंमा आएको सुखद अवसरसँगै ल्याउन लागिएको १० वर्षीय रणनीतिक योजनाले जनतामा थप आशा सिर्जना गरेको छ । यो रणनीतिक योजनाको उद्देश्य भनेको हालसम्म भएगरेका विकास निर्माणका लाभहरू एकीकृत रूपमा जनताका घरदैलोसम्म पु¥याउने रहेको छ । यसै उद्देश्यअनुरूप यसको खाका र कार्यक्रम तय गरिएको छ । देशमा हाल सम्भव भएका स्थानबाट सुरु गरी देशका कुनाकुनामा रहेका जनताका आगनमा यसको लाभ वा सेवासुविधा पु¥याइने भएको छ । हाल मन्त्रालयले यसका लागि स्पष्ट रणनीतिक योजनाको खाका, दीर्घकालीन सोच, रणनीति तथा कार्यनीति चरण तथा ती चरण पूरा गर्न उपयुक्त क्रियाकलापसमेत निर्धारण गरिसकेको छ । सुरुका चरणमा मन्त्रालयले संघीय शासन प्रणालीका सबल र दुर्बल पक्षको अध्ययन र अनुसन्धान गर्दै नेपाली विशिष्टतामा यसको सापेक्षिक कार्यान्वयनमा जोड दिएको देखिन्छ । यो नेपालमा भर्खरै मात्र कार्यान्वयनमा गएको संघीय व्यवस्थाका लागि उत्तम उपाय र सोच पनि हो ।

हामीकहाँ नयाँ सपना, योजना र खाका त ल्याइने तर त्यसका ’boutमा विविधखाले बुझाइ रहने हुनाले कार्यान्वयनमा निकै ठूला बाधा व्यवधान उत्पन्न हुने गर्छ । हाल नेपालमा पनि यस्तै चुनौतीका रूपमा खडा भएका संघीयतासम्बन्धी बुझाइ र कार्यान्वयनमा देखिएका समस्या समाधानमा एकैखाले धारणा बनाउन मन्त्रालयले लिएको पहल निकै अग्रगामी र निर्देशक प्रकृतिको छ । यसले बुझाइमा एकरूपता ल्याउन सकेछ भने संघीय शासन प्रणालीलाई सन्तुलित, मितव्ययी, पारदर्शी, जवाफदेही र सदाचारी बनाउन ठूलो मद्दत मिल्ने देखिएको छ । यसमा राज्यका अन्तरसम्बन्धित निकाय, विभाग तथा संघसंसथाबीच एकीकृत पहल जारी राखिनेछ ।

संघीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी मामिलामा अन्तरसरकार सम्बन्ध, वित्तीय संघीयता र आत्मनिर्भर स्थानीय तह, क्षमतावान् स्थानीय तह, संघीय एकाइबीच अधिकार, जिम्मेवारी र उत्तरदायित्वको स्पष्टता, संघीय संरचनामा लोकतन्त्रको लाभको समन्यायिक वितरण, सार्वजनिक प्रशासनमा नागरिकको स्थानलगायतका कुरामा सजीव अन्तत्र्रिmयात्मक र अन्तरसमन्वयात्मकतामा जोड दिइनेछ । यसको एक मात्र लक्ष्य र उद्देश्य भनेको सबल संघीयताको परिकल्पनालाई साकार पार्नु रहेको देखिन्छ ।

मन्त्रालयले तयार पारेको सुुस्पष्ट मार्गचित्र, त्यसअनुरूपको रणनीतिक योजनाले यही कुरालाई स्पष्ट पार्छ । यसअन्तर्गत संघीयता कार्यान्वयन सहजीकरण र सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापनको सुनिश्चिततालाई उत्तिकै जोड दिइएको छ । यसबाट स्थानीय पूर्वाधार विकासमा सहजीकरण हुनुका साथै सेवाप्रवाह र सुशासनमा बल पुग्ने देखिएको छ ।

निर्मित अवधारणा, नीति, योजना र कार्यक्रम जतिसुकै राम्रा भए पनि यसको युक्तियुक्त कार्यान्वयनका लागि दक्ष जनशक्तिको पहिचान, त्यसको उचित व्यवस्थापन र निरन्तर निर्देशन, अनुगमन, मूल्यांकन तथा जनस्तरबाटै सुझाव र सल्लाह पनि उत्तिकै जरुरी छ । यसका लागि सक्षम स्थानीय तह, अन्तरसरकार समन्वय, सरल, सक्षम, उत्प्रेरित, प्रतिस्पर्धी व्यावसायिक कर्मचारीतन्त्र व्यवस्थापनमा जोड दिइनुपर्छ । यसले मात्र दिगो स्थानीय पूर्वाधार विकास, नागरिकमैत्री सेवाप्रवाह, अनुसन्धान र विकास, सुशासन तथा सामाजिक समावेशीकरणलाई उचित सम्बोधन र प्रवद्र्धन गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 531 times, 1 visits today)

epaper

ताजा समाचार

जग्गा कीर्ते : मालपोतका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा