मुम्बई । बलिउड अभिनेत्री अक्षय कुमार र गोविन्दा कोरोना सँक्रमित भएका छन् । यतीबेला नयाँ फिल्म राम सेतुको छायाँकनमा रहेका अक्षय कुमारलाई छायाँकनकै क्रममा ज्वरो आएपछि स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ पाईएको हो ।
अभिनेता अक्षय कमारले ट्विट गदै आफु कोरोना पोजेटिभ भएको बताएका छन् । रिपोर्ट आए लगत्तै आईसोलेसनमा बसेका अभिनेता अक्षयले एक साता यता आफुसँग सम्पर्कमा आएकाहरुलाई कोरोना परिक्षण गर्न सुझाब दिएका छन् ।
यस्तै अर्का अभिनेता गोविन्दाको पनि कोरोना पोजेटिभ आएको छ । अभिनेता गोविन्दाले आफु कोरोना सँक्रमित भएको बताएका छन् । तर आफ्नो परिवारका सदस्यहरुको कोरोना भने नेगेटिभ देखिएको पनि उनले बताएका छन् । पाँच दिन अघिमात्र अभिनेत्री आलिया भट्टलाई कोरोना देखिएको थियो । भारतमा कोरोना बढेसँगै त्यहाँका अभिनेता अभिनेत्री पनि कोरोना पोजेटिभको सिकार भईरहेका छन् ।






