हाम्रो लडाई विधिका लागि हो व्यक्तिका विरुद्ध होइन : नेपाल

वीरगन्ज । नेकपा एमालेका नेता माधव कुमार नेपालले आफ्नो लडाँई विधिको लागि भएको बताएका छन् । पार्टी समानान्तर कमिटी बनाउँदै पर्सा आइपुगेका नेता नेपालले आइतबार पर्साका संचारकर्मीहरु सामु यस्तो बताएका हुन् ।

चौतर्फी अल्पमतमा परेपछि बहुमत पु¥याउने नाममा प्रधानमन्त्री केपी ओलीले विधि र विधानलाई मिचेको भन्दै त्यसलाई ठिक ठाउँमा ल्याउन २०७५ जेठ २ को विन्दुमा फेरी पार्टी एकताबद्ध भएर लाग्न थालेको नेता नेपालले दावी गरे । ‘प्रधानमन्त्री ओलीले आपूmलाई कारवाही गरेको कुरा कागजमा मात्रै सीमित रहेकोले कोही पनि कार्यकर्ता आत्तिनु पर्दैन’ नेता नेपालले भने ।

नेकपालाई न्यायलयले एमाले र माओवादी केन्द्रमै फर्काएपछि एमालेलाई एकताबद्ध बनाउन देशभर अभियान चलाएको उनको दावी छ । ‘एक व्यक्ति सधैं भरी पद र कुर्सीमा रहिरहनु पर्छ भन्ने प्रवृत्तिको मात्र विरोध गरिएको हो ।’ प्रधानमन्त्री ओली तर्फ संकेत गर्दै नेपालले भने ‘हामीले कुनै व्यक्ति बिशेषको विरोध गरेका छैनौं ।’

नयाँ सरकार गठनका लागि सन्दर्भमा ओली नेतृत्वको सरकार हटाउनलाई विपक्षीलाई आग्रह गर्न नसकिने उनको भनाई थियो । पार्टीको विवादका सन्दर्भमा निर्वाचन आयोगले निर्णय नदिनु विडम्बना भएको तर्क गरे ।

‘निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला गर्दैन, भने यो राम्रो संकेत होइन । हामी यहि सन्देश बोकेर कार्यकर्ता र जनता सामु आएका छौं ।’ उनेले भने ।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

epaper

ताजा समाचार

‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’