पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मन्त्रिमण्डल बिस्तार गरेका छन् । राजीव गुरुङ (दीपक मनाङ्गे) लाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति गरेका हुन् ।
मनाङबाट प्रदेशसभाको चुनाव जितेका स्वतन्त्र सांसद मनाङ्लेको शपथ बुधबार नै हुँदैछ । प्रदेश नीति तथा योजना आयोजको सभाहलमा शपथ ग्रहण कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिए ।
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि बुधबार सदनमा मतदान गर्ने कार्यसूचीकै दिन आफू बिरामी परेको भन्दै राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अस्पताल भर्नाले मुख्यमन्त्रीको जोगिएका हुन् । यस’boutमा शाहीले आफू पार्टीप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 628 times, 1 visits today)






