सिन्धुपाल्चोकमा रैथाने बिऊ मेला (फोटो फिचर)

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिक–२ भन्ज्याङकी सुन्तली केसी एक पाथी मकै, कोदो जे अनाज भए पनि पिध्नका लागि गाउँभन्दा एक घण्टा टाढा लिसंखुपाखरको वाफलमा रहेको मिलमा जाने गरेकी थिइन । एक पाथी पिध्नका लागि दिन नै माया मारेर जानु पर्ने बाध्यता थियो सुन्तलीले ‘गाउँमा कुटानी र पिसानी मिल नहुदा म जस्तै गाउँका धेरै दिदीबहिनीहरु समस्यामा थिए ।’ उनले समस्या परेको सुनाइन् ।

स्थानीय कुटानी र पिसानीका लागि अन्यत्र जानु पर्ने समस्या भएपछि स्थानीय पिङडाँडा कृषि सहकारीले सुनकोशी गाउँपालिका,र वागमती प्रदेश सरकारसँग समन्वय गरेर गाउँमा नै कुटानी, पिसानीको लागि मिल दिएपछि सुन्तली निकै खुसी भएकी छन् ।

कुटानी पिसानीको लागि मिल मात्रै होइन ठोकर्पाका स्थानीयलाई हाते ट्याक्टर लगायतका कृषि उपकरण घरमै ल्याएर दिएपछि यस क्षेत्रका स्थानीय निकै खुसी भएका छन् । गोरुको विकल्पमा सहकारीले गत वर्षदेखि नै आफ्ना सदस्यहरुलाई अनुदानमा कृषि उपकरण वितरण गर्दे आएको थियो । तर यो वर्ष भने कुटानी पिसानीका लागि समुहका सदस्यहरुलाई मिल समेत प्रदान गरेपछि ठोकर्पाबासी हार्षित भएका छन् ।

सहकारीले गाउँपालिका र प्रदेश सरकारसँगको समन्वयमा यस क्षेत्रका उत्कृष्ठ किसानहरुलाइ ३५ थान भन्दा बढी मिनी टेलर, ९ थान मकै छोडाउने मेशिन, ९ थान पिसानी मिल, ९ थान हेभि स्प्रे, ६० थान भन्दा बढि त्रिपाल लगायतका कृषि उपकरणहरु बितरण गरीएको थियो । कृषि ज्ञान केन्द्र काभ्रे र सुनकोशी गाउँपालिकाको सहयोगमा ५० प्रतिशत अनुदानमा किसानहरुले बिभिन्न कृषि उपकरणहरु पाएका थिए ।

सहकारीले गाउँका स्थानीयलाई विस्तारै यान्त्रीकिरण तर्फ आर्कर्षित गर्दे अनुदानमा सामग्रीहरु वितरणको सुरुवात गरेपछि यस क्षेत्रमा पहिलाको भन्दा बढी अन्नपात समेत उत्पादन हुन लागेको स्थानीयले जानकारी दिएका छन् ।

यहाँ उत्पादन गरिएका अन्न तथा फलफुल तरकारीका बिउहरु अन्यत्र निर्यात गरेर बार्षिक ३० हजार देखि ३ लाख सम्म आर्थिक आम्दानी गर्ने यहाँका कृषकहरुले गर्ने गरेको स्थानीय कृष्णप्रसाद ढुंगानाले जानकारी दिए ।

कृषकहरुलाई लिर्बड संस्थाले समेत नियमित सहयोग गर्दै आएको छ । पिङडाँडा सहकारीले कृषि उपकरण मात्रै होइन गाउँमा नै माटो परिक्षण समेत गर्ने गरेको छ । केही महिना अघि मात्रै सहकारीले माटो विज्ञहरु ल्याएर गाउँमै सबै कृषकहरुको माटो परिक्षण गरिएको सहकारीका अध्यक्ष रामशरण आचार्यले जानकारी दिए ।

सहकारीले कृषक लक्षीत गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको र यसबाट गाउँका स्थानीयलाई आर्थिक उपार्जनमा सहयोेग पुगेपछि गत वर्ष गाउँपालिकाका अध्यक्ष एवम स्थानीय समेत रहेका श्रवणकुमार जिसी(विनोद)ले सहकारी भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

अध्यक्ष जिसीको प्रतिबद्धता यो वर्ष पुरा भएको सहकारीका अध्यक्ष आचार्यले जानकारी दिए । गत वर्षको कार्यक्रममा अध्यक्ष ज्युले प्रतिबद्धता जनाउनु भएको थियो,अहिले पुरा भयो सहकारीको भवन बनेपछि खुसी हुदै अध्यक्ष आचार्यले भने । गाउँपालिकाको २३ लाख सहयोगमा भवन निर्माण सम्पन्न भएको सहकारीले जानकारी दिएको छ ।

सहकारीले अर्काे वर्षदेखि टनेल खेतीको समेत सुरुवात गर्ने र एक घर एक टनेलका लागि सहयोग गर्ने र त्यसका लागि गाउँपालिकाले समेत सहयोग गर्ने अध्यक्ष जिसीले जानकारी दिए ।

गाउँमा नै बिऊ बैंक

सिन्धुपाल्चोकमा सम्भवन पहिलो पटक कृषि विऊ बैंकको समेत स्थापना गरिएको छ । कृषकहरुलाई आवश्यक पर्ने विऊ विजनका लागि अन्यत्र जानु पर्ने र त्यो पनि नपाउँने भएपछि सहकारीले गाउँपालिका सँगको समन्वयमा सहकारीको भवनमा नै बिऊ बैंक समेत स्थापना गरिएको छ ।

पुराना जातको बिऊको संरक्षण र नयाँ जातको बिऊको प्रबधनका लागि बिऊ बैंकको स्थापना गरिएको सहकारीका अध्यक्ष रामशरण आचार्यले जानकारी दिए । सहकारीको नयाँ भवन तथा बिऊ बैंकको पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले गरेका थिए ।

बिऊ बैक स्थापना भएपछि अब कृषकहरुलाई आवश्यक पर्ने सम्पुर्ण बिऊ यहीबाट नै सस्तो मुल्यमा पाउने सहकारीले जानकारी दिएको छ । यस क्षेत्रका लागि मात्रै होइन अन्यत्रका कृषकहरुलाई समेत बिऊ बिजन चाहिए प्रदान गर्न सक्ने गरेर बैंकमा मौज्दात रहेको सहकारीका व्यवस्थापक प्रकाश बिकले जानकारी दिए । ठोकर्पा बाट बार्षिक करोडौं रुपैयाँको बिउहरु अन्य जिल्लामा निर्यात हुँदै आएको पिङडाँडा सामुदायीक बिउ बैंकका अध्यक्षको भनाइ छ ।

सहकारीको समन्वयमा पहिलो पटक बिऊहरुको स्टल राखेर प्रर्दशनी समेत गरिएको थियो । २३ समुहले आफ्ना क्षेत्रमा पाइने विभिन्न सामग्रीहरु प्रर्दशनीमा राखेका थिए । मेलामा यहाँपाइने रैथाने जातका अन्न तरकारी फलफुल तथा कन्दमुल सहित करी ४ सय जातका बिउहरु भेला भएको वताइएको छ ।

उत्कृष्ट बिउ सङकलक किसान छनोट गरी पुरस्कृत गरीएको थियो । स्थानीय स्तरमा पाइने तितेफापर देखि गिठठा, भ्याकुर सम्मका बिउहरु प्रदर्शनीमा राखिएका थिए । यहाँका बिभिन्न २४ किसान समुहले आआफ्नो समुह मार्फत बिउ प्रदर्शन गरेको किसान निरमाया भण्डारीले वताइन ।

कृषकहरुलाई आवश्यक पर्ने सबै प्रकारका बिऊ बिजन एकै स्थानबाट उपलब्ध गराउने उदेश्यले गाउँपालिकाको समेत सहयोगमा बिऊ बैंकको स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष जिसीले जानकारी दिए ।

किसानहरुको सबै समस्याको नेतृत्व गर्ने यस सहकारी गाउँपालिकाले पहिलो रोजाइमा राखेको र आगामि दिनमा गाउँपालिकाको सबै वडालाइ कार्यक्षेत्रबनाइ काम गर्न गाउँपालिका अध्यक्षले अनुरोध गरेका छन । किसानहरुलाइ आवश्यक पर्ने खाले सहयोग गर्न गाउँपालिका तयार रहेको र आगामी दिनमा सबै खाले सहयोग गर्दापनि जग्गा बाझो राख्ने किसान वा जग्गा धनिलाइ भने कारबाहि गर्ने निति समेत लिन लागीएको गाउँपालिका अध्यक्षले जानकारी दिएका छन ।

ठोकर्पामा उर्बर जग्गा जमिन भएपनि खानेपानीको समेत चरम संकट रहेकाले यहाँको कृषि क्षेत्र पछाडि परेकोमा आगामी दिनमा आफुले डिपबोरीङ वा अन्य जुनसुकै प्रबिधि अपनाएर भएपनि यस क्षेत्रलाइ सिचाइ सुबिधा पूर्ण गराउने पूर्व मन्त्री बस्नेतले बाचा गरेका छन । ‘मैले यस क्षेत्रलाइ सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेर सरकारी कार्यक्रम मार्फत डिपबोरीङबाट पानि निकाल्ने वातावरण बनाइ सकेको यहाँहरुले देख्नु भएकै छ,अब सिञ्चाइको लागि पनि पहल गर्छु बस्नेतले भने ।

ठोकर्पा बिकासका सबै पुर्बाधारले सम्पन्न हुने अवस्थामा रहे पनि सिंचाइ तथा खानेपानीको चरम संकट ग्रस्त क्षेत्र हो । ठोकर्पालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा पछि अहिले डिपबोरिङ लगायत अन्य प्रविधिबाट सबै स्थानीलाई खानेपानीको सुविधा प्रदान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 352 times, 1 visits today)

epaper

ताजा समाचार

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ