प्राण माग्नका लागि कारखाना धाउनेहरु (फोटोफिचर)

काठमाडौं बालाजु औद्योगिक क्षेत्रस्थित कारखानामा आइतबार अक्सिजन लिन पुगेका आफन्त । अस्पतालले पर्याप्त अक्सिजन उपलब्ध गराउन नसकेपछि संक्रमितका आफन्त खाली सिलिन्डरसहित भौतारिन बाध्य बनेका छन् ।

काठमाडौं । कोरोना संक्रमणले गाँज्दै लगेपछि सर्वसाधारणका लागि अक्सिजन सबै भन्दा महत्वपूर्ण अस्त्र हुन थालेको छ । अक्सिजन मानव जीवनकै प्राण हो भन्ने त उहिल्यै पुष्टि भैसक्यो । नेपालमा सबै भन्दा धेरै अक्सिजनको खपत भएको पनि पहिलो पटक नै हो । कतिपय अस्पतालले समेत अक्सिजन उपलब्ध गराउन असमर्थता जनाउन थालेपछि सर्वसाधारण आफैं अक्सिजनको जोहो गर्न व्यस्त छन् ।

यो दृष्य हो बालाजु औद्योगिक क्षेत्रमा रहेको अक्सिजन कारखानाको । अक्सिजन भर्नको लागी लाइनमा लाग्दै सर्वसाधरण । अस्पतालले बिरामीलाई पर्याप्त मात्रामा अक्सिजन उपलव्ध गराउन नसकेपछि बिरामी आफै खाली सिलिन्डर बोकेर अक्सिजन भर्न कारखाना धाउन थालेका छन् । हेरौं केही तस्विर ।

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)

epaper

ताजा समाचार

प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’