हो, मैले ओलीलाई भेटेँ, अझै पनि सहमतिको सरकार बनाउन सकिन्छ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको बताएका छन् ।

नेकपा एमालेका सांसद महेश बस्नेतले प्राइम टेलिभिजनसँगको कुराकानीमा भट्टराईले ओलीलाई भेटेर ‘प्रधानमन्त्री बनाइदिनुप-यो’ भनेको भनेपछि भट्टराईले सामाजिक सञ्जालमा स्पष्टीकरण दिएका छन् ।

कुराकानीका क्रममा बस्नेतले भट्टराई १० दिनको विचमा ओलीलाई दुई पटक भेटेको र देशमा राष्ट्रिय सरकारको आवश्यकता रहेको र त्यसको नेतृत्व आफैले लिनुपर्ने बताएको बस्नेतको दाबी थियो । जवाफमा ओलीले आफूविरुद्ध भट्टराईलगायत पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव, रामचन्द्र पौडेल सबै लागेको र आफू १२१ जना सांसद भएको पार्टीको नेता भएकाले अरुलाई सहयोग गर्न नसक्ने बताएको बस्नेतले कुराकानीको क्रममा भनेका छन् ।

भट्टराईले प्रधानमन्त्रीले दूतमार्फत बोलेकाले आफू बोल्नै पर्ने अवस्था आएको भन्दै आफूले महाविपत्तिउन्मुख देशलाई निकास दिन व्यक्ति ओलीलाई नभई प्रधानमन्त्री ओलीलाई भेटेको बताएका छन् । वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ भन्दा ओलीले नमानेपछि आफूले उक्त कुरा अरुलाई नभनेको उनको भनाई छ ।

भट्टराईले लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो–महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं भनेकै हो । उहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा ७६(५)बमोजिम बनाउन सकिन्छ । सोचौं ।’

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

हङकङका महावाणिज्यदूत लेखकलाई सरकारले फिर्ता बोलायो