राष्ट्रिय सभा उपनिर्वाचन : स्थानिय तर्फ देवकाेटा अगाडी

चुरे /मकवानपुर । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान कार्यक्रम प्रदेशको राजधानी हेटौंडामा विहीबार सम्पन्न भएको छ । हेटौंडाको भुटनदेवी माध्यमिका विद्यालयमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्यक्रम अपराह्न ३ बजे सकिएको मुख्य निर्वाचन अधिकृत न्यायधिश डिल्लीरत्न श्रेष्ठले बताए । कुल ३४७ मतदाता रहेको निर्वाचनमा ३ सय ३७ मात्र मत खसेको छ ।

 २३८ स्थानीय र ११० प्रदेश सभासहित २४८ मतदाता रहेको निर्वाचनमा प्रदेश सभा सदस्य पशुपति चौलागाईको निधन भएपछि प्रदेश सभा सदस्य १०९ रहेको छ । यस मध्ये ३३८ मात्र मत खसेको निर्वाचन आयोगले जनाएको छ । मत गणना सुरू भैसकेकाे छ । पछिल्लाे मत परिणाम अनुसार स्थानिय तर्फ खिमलाल देवकाेटाले १२८ मत पाएका छन् भने रामबहादुर थापाले १०३ मत पाएका छन् ।

प्रदेश सभा सदस्यमा १ सय ५ जना र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा २ सय ३२ जना गरी ३ सय ३७ जनाले मतदान गरेको आयोगले जनाएको छ । उपनिर्वाचनमा प्रदेश सदस्य र अध्यक्ष÷उपाध्यक्ष गरी १० जनाले मत दिएनन् ।

मुख्य निर्वाचन अधिकृत श्रेष्ठका अनुसार उपनिर्वाचनमा प्रदेश सभाका ४ जना सदस्यहरुले मतदान गरेनन् । उनका अनुसार हिमाली गोले (माओवादी केन्द्र), रमेश पौडेल (विवेकशील साझा पार्टी), बिराज भक्त श्रेष्ठ (विवेकशील साझा पार्टी), शोभा शाक्य (विवेकशील साझा पार्टी) ले मतदान नगरेका हुन् ।

यसैगरी उपनिर्वाचनमा मत नहाल्ने ६ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु रहेका छन् । निमा ग्याल्जेन शेर्पा (अध्यक्ष हेलम्बु गाउँपालिका) कोपिला पण्डित (उपाध्यक्ष हेलम्बु गाउँपालिका) सुनिल प्रजापति (नगर प्रमुख भक्तपुर नगरपालिका) रण बहादुर तामाङ (अध्यक्ष खनियाबास गाउँपालिका), युधिष्ठिर खड्का (अध्यक्ष विगु गाउँपालिका) कल्पना भण्डारी (उपाध्यक्ष,मेलुङ गाउँपालिका) रहेका छन् ।

बागमती प्रदेशमा रिक्त राष्ट्रियसभामा उपनिर्वाचन ३ जनाको उम्मेद्वारी रहेको छ । एमालेबाट गृहमन्त्री रामबहादुर थापा मगर,नेमकिपाबाट कृष्णबहादुर तामाङ र स्वतन्त्रबाट खिमलाल देवकोटा रहेका छन् ।

राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका गृहमन्त्री थापालाई सूर्य चिन्ह, नेमकिपाका उम्मेदवार तामाङलाई मादल चिन्ह र काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका डाक्टर खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह रहेको थियो । आवश्यक प्रक्रिया पुरा गरे पश्चात् केहि समयमै मतगणना सुरु हुने र मत परिणाम आज साँझसम्म सार्वजनिक हुने आयोगले जनाएको छ ।

आयोगले मत गणनाको नतिजा विहीबार नै सार्वजनिक गर्ने तयारी गरेको छ मतगणना कार्य भर्चुअल विधिबाट सुरु गरिसकिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 401 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा उपसभापतिमा सोविता र महामन्त्रीमा विपिन निर्वाचित, सहमहामन्त्री को–को भए ?