देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारिएको भन्दै बाबुराम भन्छन् ‘खुराफात बिरुद्ध खबरदारी’

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सारिएको बताएका छन् ।

जनतासमाजवादी पार्टीका संघिय परिषद अध्यक्ष समेत रहेका भट्टराईले ट्वीट गर्दै भनेका छन् ‘संविधानको धारा ७६ (२) वमोजिम १४१ सांसदहरुे प्रमुख प्रतिपक्षी दलका नेतालार्य प्रधानमन्त्री नियुक्तिका निम्ति गरेको प्रस्तावलाई कुनै किन्तु परन्तु÷जालझेल गरी टार्ने ठाउँ छैन ।’ खुराफात शिरोमणिहरुले पुन : जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले खबरदारी र प्रतिवाद गर्नुपर्ने उनको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाकाका ३२ सांसदको आफुलाई समर्थन रहेको दावी राष्ट्रपति भवन शीतलनिवासमा पेश गरेपछि भट्टराईको यो प्रतिक्रिया आएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढी उपमहानगरद्वारा ३ वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति