फ्रेन्च ओपन: विश्व नम्बर चारका डोमिनिक थिम पहिलो चरणबाटै बाहिरिए

पेरिस । विश्व नम्बर चारका डोमिनिक थिम फ्रेन्च ओपन २०२१ बाट बाहिरिएका छन् । गएराती सम्पन्न खेलमा ६८औं बरियताका स्पेनिस खेलाडी पाब्लो एन्ड्युजारले ४-६, ५-७, ६-३, ६-४, ६-४ ले थिमलाई पहिलो चरणमै पराजित गरेका हुन् ।

सुरुको दुई सेट आफ्नो पकड बनाएका थिमले पछिल्लो तीन सेटमा लगातार हार व्यहोरेपछि यो जीत पाब्लोको हातमा गएको हो । फिलिपे च्याट्रिएर कोर्टमा २०१८ र २०१९ का फाइनलिस्ट थिमले पहिलो चरणमै हार व्यहोर्नुपरेको छ । फ्रेन्च ओपनका अन्य खेलहरु आज खेलिदैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग