प्रेमध्वजको स्मृतिमा उनको गीत गायन प्रतियोगिता

काठमाडौं । हालै दिवंगत भएका अग्रज गायक प्रेमध्वज प्रधानको स्मृतिमा एसियन म्युजिक कम्पनीले प्रधानको गीतको खुला गायन (कभर सङ) प्रतियोगिता आयोजना गर्दै छ ।

गीत रेकड गर्न छाडेको आठ वर्षपछि एसियन म्युजिकको गीत ती आँखामा…बाट गायक प्रेमध्वज प्रधान २०७३ सालमा पुनः गायनमा फर्किएका थिए । त्यसपछि गायक प्रधानले एउटा गीतिसंग्रहसँगै केही फुटकर गीत पनि गाए । पछिल्लो समय नयाँ गीतिसंग्रहको तयारीमा जुटेका उनले गत चैतदेखि लकडाउनकै कारण नयाँ संग्रह निकाल्न पाएनन् ।

यसरी उनको पछिल्लो सपना पूरा नभएको अवस्थामा प्रधानको स्मृतिमा ती आँखामा…गीतको गायन प्रतियोगिता राखिएको आयोजक पक्षले जनाएको छ । गीतकार डब्बु क्षत्रीले लेखेको यो गीतमा जुगल डँगोलको संगीत रहेको छ । यो गीतलाई अग्रज गायक प्रधान र गायिका केन्जुमा सुब्बाले गायको हो । यो गीतलाई ६ वर्षअघि एसियन म्युजिक च्यानलबाट सार्वजनिक गरिएको थियो ।

कभर सङ प्रतियोगितामा उत्कृष्ट हुनेलाई एउटा गीत रेकर्ड गराएर सो गीतको भिडियोसमेत बनाइदिने घोषणा सो कम्पनीले गरेको छ । एसियन म्युजिकको युट्युब च्यानलमा अहिले ती आँखामा गीतको ट्र्याक राखिएको छ । सो ट्र्याकबाट दुई जना (एक पुरुष र एक महिला)ले युगल गीत गाएर एसियन म्युजिकमा पठाउनु पर्नेछ । जसमध्यबाट आफूहरूले उत्कृष्ट स्वर छानेर सो गीतलाई पुरस्कृत गरिने भएको छ । आफूहरूले यसरी गीतलाई नयाँ पुस्ताको स्वरमा रेकर्ड गर्दा अग्रज दिगंत गायक प्रेमध्वज प्रधानप्रति सही श्रद्धासुमन अर्पण हुने पनि आयोजक पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)

epaper

ताजा समाचार

‘लाली’ हराएको ‘बजार’