दुई मध्ये एकबाट राजिनामा दिन ओलीलाई युवा संघको सुझाव

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पुर्व महासचिव माधवकुमार नेपाल समुह निकटको युवा संघ नेपाल वागमती प्रदेश कमिटीले पार्टीमा ‘एक व्यक्ति एक पद’ कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।

युवा संघ नेपाल वागमती प्रदेश कमिटीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक पद छाडन केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

‘एक व्यक्ति, एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आम कार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि जोडदार माग गर्दछौं’ युवा संघ नेपाल वागमती प्रदेश कमिटीले मंगलबार जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

युवा संघ नेपाल वागमती प्रदेश कमिटीका अध्यक्ष फुर्वा तामाङ, इन्चार्ज रोशन थापा, सहइन्चार्ज मिन श्रेष्ठले जारी गरेको बिज्ञप्तिमा अदालतको फैसला अनुसार २ जेठ २०७५ को पार्टी कमिटीलाई क्रियाशील बनाउन माग समेत गरिएको छ ।

‘नेपाली कम्युनिस्ट आन्दोलनमा नेकपा (एमाले) को अभूतपूर्व योगदानलाई ऐतिहासिक र नेपाली जनताको प्रिय पार्टी कायम राख्नका लागि उपयुक्त विषयमा पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटव्युरो कमिटी, केन्द्रीय कमिटीलाई विशेष अनुरोध गर्दै, जनसंगठनहरु, युवा संघ नेपाल लगायतले आ–आफ्ना ठाउँबाट दबाब दिनका लागि हार्दिक अपिल गर्दछौ’ बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

जनताको प्रतिनिधिमूलक संस्था संघीय प्रतिनिधि सभा विघटन गर्नु गलत थियो भनी त्यसमा आत्माआलोचना गरी अगाडि बढ्नका लागि एमाले अध्यक्ष ओलीलाई युवा संघले सुझाव दिएको छ ।

एक ढिक्का नेकपा (एमाले) ले मात्रै नेपालको कम्युनिस्ट आन्दोलनमा बृहत्तर योगदान दिने स्पष्ट रहेको उल्लेख गर्दै संघले अब पनि विधि र विधान विपरित हिँड्नु सर्वनाशको बाटोभन्दा केही नहुने भएकाले त्यसबाट जोगिनका लागि नेताहरूलाई एक ठाउँमा राखी विधि र पद्दती अनुसार २ जेठ २०७५ को कमिटी व्युँताउँदै बैठक राखी छलफल र बहस चलाउन जोडदार माग गरिएको छ ।

यसैगरी विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ बिरुद्धको खोप नेपाली जनताले यथासिघ्र लगाउन पाउने व्यवस्था गरी सम्पुर्ण आम नेपाली जनताको जिवन रक्षा गर्नको लागी माग गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको सूचना